बोल्न नसक्ने अवस्थामा पुगे डा. केसी, चिकित्सकले थाले आन्दोलन



 

पाँच दिन देखि जुम्लामा अन्सनरत डाक्टर गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । केसीको स्वास्थ परिक्षणमा संलग्न चिकित्सकहरुको टोली नै फिर्ता भएपछि उनको स्वास्थ्यमा थप समस्या भएको हो।

 

स्थानीय प्रशासनले असहयोग गरेकोले चिकित्सकहरुको टोलीले उपचार गर्न नसक्ने भन्दै सोमबार साँझ केसीलाई छाडेको हो । केसीलाई राखिएको कवर्डहलमा उपचार सम्भव छैन । यस विषयमा प्रशासनलाई बारम्बार खवर गरेपनि प्रतिष्ठान लैजाना दिएको छैन ।

 

उपचारमा संलग्न डा. प्रविण गिरीले भने,  ‘कवर्ड हलमा चारै तिर खुल्ला, औस्यान जमिन र प्रदुशित हावाका कारण सलाईन लगाउदा सुईको माध्यामवाट संक्रमित भाइरल घुस्ने सम्भावना भएको र विद्युत नभएकाले आवश्यक परीक्षणका उपकरण जडान गर्न नसकिएकोले परीक्षणको जिम्मा फिर्ता लिएको हौ’ ।

चिकित्सकहरु आन्दोलित

 

डा. केसीको जीवरक्षाको माग गर्दै बुधवार पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक सेवाबाहेक अन्य सबै सेवा ठप्प छन । प्रतिष्ठानका चिकित्सकहरुले अहिले डा. केसीका माग भन्दा पनि उहाको जीवन सुरक्षाका लागि अन्दोलन गरेको र उहालाई सुरक्षित स्थानमा उपचारको लागि नराखिए सम्म आन्दोलन जारी रहने बताएका छन ।

 

बोल्न नसक्ने अवस्थामा पुगे डा. केसी

 

चिकित्सकहरुको टोली फिर्ता भएपछि डा. केसीको रेखदेखका लागि उनिसँगै आएका किशोर केसी छन । उनले डा. केसी बोल्न नसक्ने अवस्थामा रहेको बताए। हातखुट्टा बाउँडिने, शरीर सुनिएको, रिंगाटा लाग्ने, टाउको दुख्‍ने र छातिको धड्कन वढ्ने जस्ता समस्या देखिएको उनको भनाई छ ।

 

चिकित्सकहरुको टोली फिर्ता भएपछि स्थानीय प्रशानले जनस्वास्थ्य कार्यालयको एक टोली खटाएको थियो । तर डा. केसीले उपचारको लागि योग्य ठाउँ नभएकोले उक्त टोलीलाई फर्काइदिएको डा. केसीका सहयोगी किशोर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य