ओखलढुङ्गामा जिप दुर्घटना, दुईको मृत्यु, तीनको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

 

मुलखर्कबाट ओखलढुङ्गा तर्फ आउदै गरेको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ। बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो।

 

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भिर रहेको छ।  दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए। घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि जानकारी दिए।

 

मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ। दुर्घटनामा परि घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ। घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ।

 

घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन। घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको नेतृत्वमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए।

 

प्रहरी घटनास्थलमा पुगेपछि घटनाको बारेमा विस्तृत जानकारी आउने पनि प्रहरी प्रमुख शर्माले जानकारी दिए। जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क बिहिन रहेको बताईएको छ। जीप रोकेर बाकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ।

 

जीप दुर्घटनामा परि मृत्यु भएका र घाईते भएका बाहेक अरु यात्रुहरु खाजा खान बाहिर निस्केको बताईएको छ। यद्धपी घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...