३७ दिनदेखि आमरण अनसनरत गंगामायाको स्वास्थ्य थप जटिल, पूर्व राष्ट्रपति डा यादव भेट्न जाँदै, घाँटीको नसाबाट स्लाइन



पूर्व राष्ट्रपति डा रामवरण यादव आमरण अनसनरत गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल जाने भएका छन् । उनी बुधबार अपरान्ह ४ बजे वीर अस्पताल जान लागेका हुन् ।

 

आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि रहेकी गंगामाया पछिल्लो पटक पाँच साता भन्दा बढी समयदेखि आमरण अनसनमा छिन् । उनको स्वास्थ्य पनि गम्भीर बन्दै गइरहेको छ ।

 

३७ दिनदेखि आमरण अनसनरत गंगामायाको अवस्था बिग्रदै गर्दा चिकित्सक यादव गंगामायाको अवस्था बुझ्न जान लागेका हुन् ।

 

गंगामायालाई भेट्न यसअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा शेखर कोइराला लगायत पुगिसकेका छन् ।

 

अधिकारकर्मीहरु पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गंगामायाको अवस्था जानकारी गराउन खोजे पनि भेट्न नसकिएको गुनासो गरेका छन् ।

 

गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३७ औं दिनमा आइपुग्दा थप बिग्रिएको हो ।

 

पौडेललाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनशन बसेको ३७ औं दिन भइसकेको पछिल्लो दुई दिन यता स्वास्थ्य पहिलेभन्दा जटिल भएर गएको बताएका थिए ।

 

शरीर सुन्निदाँ हातको नसा नभेटिएका कारण गंगामायालाई घाँटीको नसाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको नेताहरुले बताउँदै आएका छन् ।

 

कांग्रेस नेता पौडेलले युद्धकालमा भएको घटना र व्यक्तीगत रिसिइवीलाई छानविन गर्न नसक्दा रातो झण्डे ओढेर सवै अपराध माफ हुने हराजकता बढेको बताए ।

 

उनले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउँदै गएको टिप्पणी गरे ।
२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बस्दै आएकी छिन् ।

 

अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् ।

 

अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए ।

 

छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य