नारायणगढ–मुग्लिन सडक खण्डमा ५० मिटर लामो पहिरो, आज दिनभर नखुल्ने



हाम्रो इकोनोमि

चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

 

प्रहरीले बिहान ५ः३० बजेतिर पहिरो खसेको अनुमान गरेको छ । पहिरो अन्दाजी ५० मिटरभन्दा लामो छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।

प्रहरीका अनुसार, पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।

वर्षा शुरु भएसँगै यो सडकखण्ड हरेक दिनजसो पहिरोले अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...