प्रहरी सँगै छ नक्कली शैक्षिक प्रमाणपत्र, अपराध महाशाखाकै सर्इको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा



 

नक्कली शैक्षिक प्रमाणपत्र बाेक्ने प्रहरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुक्ष्म तरिकाले अनुसान्धान गरिरहेकाे छ।

साेही क्रममा महानगरीय अपराध महाशाखा, टेकूमा कार्यरत प्रहरी एक नायव निरीक्षक (सर्इ) को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अायाेगले खुलासा गरेकाे छ।

महाशाखामा लामो समयदेखि सर्इ पदमा कर्यरत महेश सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगले खुलासा गरको हाे।

उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहावाद, भारतबाट इन्टरमीडियट तह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएका थिए। सो प्रमाणपत्र नक्कली भएको खुलेपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता मदन कोइरालाले बताए।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा भर्ना भएको खुलेपछि आयोगले कारवाही प्रक्रिया अगाडी बढाउँदै सिंह विरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको थियाे।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु