प्रहरी सँगै छ नक्कली शैक्षिक प्रमाणपत्र, अपराध महाशाखाकै सर्इको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा



हाम्रो इकोनोमि

 

नक्कली शैक्षिक प्रमाणपत्र बाेक्ने प्रहरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुक्ष्म तरिकाले अनुसान्धान गरिरहेकाे छ।

साेही क्रममा महानगरीय अपराध महाशाखा, टेकूमा कार्यरत प्रहरी एक नायव निरीक्षक (सर्इ) को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अायाेगले खुलासा गरेकाे छ।

महाशाखामा लामो समयदेखि सर्इ पदमा कर्यरत महेश सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगले खुलासा गरको हाे।

उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहावाद, भारतबाट इन्टरमीडियट तह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएका थिए। सो प्रमाणपत्र नक्कली भएको खुलेपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता मदन कोइरालाले बताए।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा भर्ना भएको खुलेपछि आयोगले कारवाही प्रक्रिया अगाडी बढाउँदै सिंह विरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको थियाे।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...