कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत, नाम सहित



हाम्रो इकोनोमि

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार बि आर ०६ पी बी ६४१८ नं को बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

कोशी कटानमा रहेको सिपेज पानीमा बोलेरो खस्दा तीन जनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्र्षीय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय छन् ।

दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...