नेपालमा १ हजारभन्दा बढी भारतीय तीर्थयात्री अलपत्र, स्वराजद्वारा नेपाल सरकारलाई उद्धारका लागि आग्रह



हाम्रो इकोनोमि

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालमा भारी वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् ।

मन्त्री सुष्माका अनुसार सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेका छन् । उनले नेपालस्थित भारतीय दुतावासलाई समेत उनीहरुको उद्धारका लागि निर्देशन दिएकी छिन् ।

अलपत्र परेका तीर्थयात्रीका लागि आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गर्न समेत दूतावासलाई निर्देशन उनले दिएकी छिन् ।

सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्था समेत गरिएको छ । त्यसका साथै हिल्साका प्रहरी अधिकारीलाई समेत सहयोगका लागि उनले आग्रह गरेकी छिन् ।

साथै ती तीर्थयात्रीहरुको बारेमा जानकारी दिनका लागि तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको छ । मन्त्री स्वराजले ती हटलाइनका लागि ८ वटा नेपाली नम्बर पनि सावर्जनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...