नेपालमा १ हजारभन्दा बढी भारतीय तीर्थयात्री अलपत्र, स्वराजद्वारा नेपाल सरकारलाई उद्धारका लागि आग्रह



हाम्रो इकोनोमि

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालमा भारी वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् ।

मन्त्री सुष्माका अनुसार सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेका छन् । उनले नेपालस्थित भारतीय दुतावासलाई समेत उनीहरुको उद्धारका लागि निर्देशन दिएकी छिन् ।

अलपत्र परेका तीर्थयात्रीका लागि आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गर्न समेत दूतावासलाई निर्देशन उनले दिएकी छिन् ।

सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्था समेत गरिएको छ । त्यसका साथै हिल्साका प्रहरी अधिकारीलाई समेत सहयोगका लागि उनले आग्रह गरेकी छिन् ।

साथै ती तीर्थयात्रीहरुको बारेमा जानकारी दिनका लागि तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको छ । मन्त्री स्वराजले ती हटलाइनका लागि ८ वटा नेपाली नम्बर पनि सावर्जनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...