देशभर बाढी-पहिरोको वितण्डा- १२ को मृत्यु, एक खेप सुन ओसारेवापत ५० हजार पारिश्रमिक



अविरल वर्षासँगै आएको बाढी–पहिरोमा परी देशभरिबाट कम्तीमा १२ को मृत्यु भएको छ । सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ भने पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ ।

 

तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ । बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ । दाङमा एक जनाको मृत्यु भएको छ ।

 

पर्सामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्ते कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

 

राजधानी जोड्ने पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेको छ । कर्णाली राजमार्ग पनि बन्द भएको छ ।  गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ ।

 

गृह मन्त्रालयले सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ । लगातारको वर्षासँगै देशभरि बाढीपहिरोले जनधनको क्षति भएपछि गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई पत्र लेख्दै जिल्ला नछाड्न कडा सर्कुलर जारी गरेको हो ।

डा केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति बिल्कुलै स्वाभाविक हुन्छ भने न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिनुपर्ने काँग्रेसको ठहर छ ।

 

काँग्रेसले संसद्मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगत्मा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने गरेको आरोप लगाउँदै सरकार गम्भीर बनेन भने चौतर्फी दबाब दिइने चेतावनी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा दिइएको छ ।

प्रदेश नं ४ को राजधानी पोखरा

प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ ।
प्रदेशसभामा उपस्थित कुल ५९ सदस्यमध्ये बैठकमा उपस्थित ५२ प्रदेशसभा सदस्यले पोखरा राजधानी हुनुपर्ने पक्षमा मतदान गरे ।

 

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतले पारित गरेको छ ।

 

एक खेप सुन ओसारेवापत पचास हजार पारिश्रमीक

चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौँ ल्याएको भरियाले रु ५० हजार लिने गरेको खुलासा भएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङले एकखेपको रु ५० हजार लिने सर्तमा सुन ल्याएको प्रहरी सामु खुलाएका छन् ।

 

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

 

परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौँ ल्याएवापत  एकपटकमा रु ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको बताए ।

प्रदेशसभाद्वारा दुई विधेयक पारित

तीन दिनदेखि दफावार छलफल भएका दुई विधेयक कर्णाली प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको छ ।
कर्णाली प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, र वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ पारित गरिएको हो । प्रदेशसभाले राजस्वसम्बन्धी विधेयकको दफा १४ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु