नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्नका लागि जापान सरकारलाई नेपाल सरकारको आग्रह, यसो भने जापानी राजदूतले



हाम्रो इकोनोमि

सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ ।

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको भेटवार्तामा सो आग्रह गरिएको हो ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार लागिपरेकाले सहयोगका लागि जापानी राजदूतलाई आग्रह गर्नुभएको हो ।

मन्त्री पुनले भन्नुभयो, “हामीले ऊर्जा र जलविद्युत्को क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौँ, यसमा जापानबाट हामीले ऋण, सहयोग र लगानीको अपेक्षा गरेका छौँ ।”

उहाँले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन समेत राजदूत साइगोसँग आग्रह गर्नुभयो । मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा जापानी राजदूत साइगोले नेपाल र जापानको सम्बन्ध विगतदेखि सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राख्नुभयो । उहाँले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान इच्छुक रहेको बताउनुभयो ।

जापानी राजदूत साइगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालीगण्डकी ‘ए’मा समेत सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा समेत ऊर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राख्नुभएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविद्युत् परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउनसमेत जापानी राजदूतलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...