मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस, कहाँ छन मोदी



हाम्रो इकोनोमि

 

भारतीय बैंक ठगीमा दोषी पाइएका फरार नीरव मोदीलाई पक्राउ गर्नका लागि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।

सोमबार इन्टरपोलले यो नोटिस जारी गरेको हो । यो विवरणमा विभिन्न मुलुकहरुलाई  मोदी समाउनका लागि खोजीको आग्रह गरिएको छ ।

सम्बन्धित मुलुकभन्दा बाहिर रहेको व्यक्तिलाई इन्टरपोलको माध्यमबाट पक्राउ गर्ने गरिएको छ । रेड कर्नर नोटिस जारी गर्नु अन्तर्राष्ट्रिय रुपमा पक्राउ पुर्जी जारी गर्नुबराबर हो । यससँगै उनी अब जुनसुकै समयमा पक्राउ पर्नसक्ने इन्टरपोलले बताएको छ ।

भारतीय बैंकमा एक खर्ब ३० अर्ब भारतीय रुपैयाँबराबरको ठगी गरेको आरोपमा मोदी सर्वाधिक खोजीको सूचीमा रहेका छन् । उनले पञ्जाव नेसनल बैंकको नाममा झुटो विवरण देखाएर ऋण लिएको पुष्टि भएको थियो ।

भारतले युरापियन मुलुकहरुमा पनि उनलाई पक्राउको लागि आग्रह गरिरहेको छ । सरकारले उनको पासपोर्ट रद्द गरिसकेको भए पनि उनी अवैधरुपमा विदेशमा बस्दै आएका छन् ।

नीरव मोदीका साथै उनका काका मेहुल चोस्कीमाथि बैंकमा ठगीको विभिन्न आधा दर्जन मुद्दाहरु लागेको थियो । जनवरी महिनाको पहिलो साता उनीहरु भारत छाडेर फरार भएका थिए । उनीहरु फरार भएको भोलिपल्ट मात्र बैंकमा ठगी भएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...