गोरे अझै प्रहरीकै मिलेमत्तोमा विमानस्थलबाटै गर्छ सुन तस्करी, नागढुंगामा भेटीएको ६ केजी सुन गोरेकै भएको खुलासा



 

सरकारले सुन तस्करीमा पूर्ण निगरानी राखे पनि राजधानीमै सुन तस्करहरू सलबलाउन थालेका छन् । गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले अनुसन्धान गरिरहेका वेला राजधानीबाट बाहिरिँदै गरेको नौ किलो सुन दुई दिनमा बरामद गरेको छ ।

गोरले अझै प्रहरीकै मिलेमत्तोमा विमानस्थलबाटै सुन तस्करी गरेको खुलेको छ । नागढुंगामा भेटीएको ६ केजी सुन विमानस्थलबाटै गएको र गोरेको भएको खुलेको छ ।

तर, सबैभन्दा आश्चर्यको विषयचाहिँ बरामद भएको सुन युनाइटेड अरब इमिरेट्सको कम्पनी ‘इमरेट्स गोल्ड’ छाप लागेका छन् ।

जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

हवाइमार्गबाट हुने सुन तस्करीविरुद्ध सरकारको उच्चस्तरीय अनुसन्धान टोली सक्रिय रहेकै वेला युएईबाट भित्रिएको सुन काठमाडौंबाट बरामद भएपछि यसको स्रोत खोज्न प्रहरी सक्रिय भएको छ ।

बरामद भएको सुन युनाइटेड अरब इमिरेट्सको कम्पनी ‘इमरेट्स गोल्ड’ का छाप लागेका छन्, विमानस्थलबाटै बाहिरिएको हुन सक्ने प्रहरी आशंका, पुरानो स्टक पनि हुन सक्ने छानबिन समितिको आशंका दुबईको इमिरेटस गोल्ड नामक कम्पनीको छाप रहेको सो सुन हवाईमार्ग हुँदै आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यद्यपि यो पुरानो स्टक हो वा नयाँ आइरहेको सुन हो भन्ने बारेमा पनि छानबिन समिति अनभिज्ञ रहेको छ । मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीका एक सदस्यका अनुसार अहिले पनि हामी प्रहरीसँग समन्वय गरेर सो सुनका मालिक र कहाँबाट ल्याइएको हो भनेर खोजी भइरहेको जानकारी दिए ।

‘अप्रेसन फ्लाइङ गोल्ड’ दिएर अनुसन्धानमा सक्रिय समितिले विमानस्थल भएर ९ माघ ०७४ मा भित्रिएर गायब भएको भनिएको साढे ३३ किलो सुनको खोजीमा जुटेको छ ।

अहिले बरामद भएको सो सुन र केही समयअघि महेन्द्रनगर र वीरगञ्जमा बरामद भएको सुनका विषयमा समेत जानकारी प्रहरीसँग मागेको छ । प्रहरीले महेन्द्रनगरबाट आधा किलो र वीरगञ्जबाट एक किलो सुन बरामद गरेको थियो

। समितिले प्रक्राउ परेका सबैसँग वयान लिनसक्ने एक सदस्यले जानकारी दिएका छन् ।

यसैबीच, सुन तस्करीमा भारतीय व्यापारीहरू सक्रिय रहेको खुलेको छ । नेपालमा बसेर व्यापार गरिरहेका र वेलाबखत नेपाल आउने भारतीय व्यापारी यसमा संलग्न रहेको देखिएको अनुसन्धानमा सक्रिय एक प्रहरीले जानकारी दिएका छन्

। पछिल्लोपटक प्रक्राउ परेकाहरू मध्ये केहीसँग नेपाली नागरिकता र भारतीय आधार कार्ड फेला परेपछि यो अनुसन्धानमा थप आधार भेटिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन किलो सुन ओसारपसारमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ ।

सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई सार्वजनिक गरेको हो ।

‘हामीले नियन्त्रणमा लिएको युके ०२ ४६८४ नम्बरको गाडी पटकपटक अवैधकारोबारमा प्रयोग हुने गरेको खुल्न आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० विश्वराज पोखरेलले भने, ‘एयर फिल्टरमा लुकाएको ३ किलो सुन र उक्त सुन ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा पठाएका छौँ ।’

भारतीय नम्बर प्लेटको उक्त मारुती कार ०७५ वैशाख यता चारपटकसम्म कञ्चनपुरको गड्डाचौकी हुँदै काठमाडौं आउने जाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले शनिबार पक्राउ गरेका सञ्जना शाहसँग भारतीय रासन कार्डसँगै नेपाली नागरीकतासमेत रहेको पाइएको छ ।

उनले लिएको नेपाली नागरिकताको सम्बन्धमा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘यो सुन कहाँबाट आयो भन्नेबारे खुल्न सकेको छैन,’ काठमाडौंका एसएसपी पोखरेलले भने, ‘हामी यसको जरोसम्म पुग्न खोजेका छौं, थप अनुसन्धान भइरहेको छ ।’

पोखरेलका अनुसार १४ असारमा अशोक, चन्द्रमोहन र सन्जना धनगढी विमानस्थलबाट काठमाडौं आएका थिए । दीपक र मनोज भारतीय नम्बर प्लेटको कार चढेर काठमाडौं आएर जमलस्थित ‘एलो प्यागोडा’ होटलमा बसेका थिए ।

उनीहरू सुन तस्करीको योजना बनाएर भारत लैजाँदै गर्दा पक्राउ परेका थिए । भन्सार ऐन, २०६४ को दफा ५७ ९१० ९ङ० अनुसार विगोसहित एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

नागढुंगाबाट ६ किलो सुन बरामद

राजधानीबाट बाहिरिने मध्ये मुख्य नाकाको रुपमा रहेको नागढुंगाबाट पुनः ६ किलो सुन बरामद भएको छ । भारतीय गाडीबाट तीन किलो सुन बरामद भएको २४ घण्टा पनि नबित्दै पुनः ६ किलो सुन भेटिएको हो ।

केरुङबाट काठमाडौं आउँदै गरेको बा ९५ प ८१६४ नम्वरको मोटरसाइकल जाँच गर्ने क्रममा आइतबार साँझ ६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

कम्मरमा सुन बाँधेर ल्याएका मोटरसाइकल चालक सिन्धुपाल्चोकका तेन्जिङ तामाङ प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं परिसरका डिएसपी मोहन थापाले तस्करहरूले नयाँ रुटका रूपमा दुबईबाट चीन हुँदै केरुङ—काठमाडौं—भारत पुग्ने गरेको बताए ।

यद्यपि सबै रुटका विषयमा अनुसन्धान भइरहेकाले चाँडै सत्यतथ्य खुल्ने प्रहरीको भनाइ छ । अहिलेसम्म प्रक्राउ परेका सबै व्यक्ति भरिया रहेको खुल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु