ब्राजिललाई छैन सजिलो, जापान पनि लयमा, यसरी जित्दैछ जापानले



 

ब्राजिल र मेक्सिको विश्वकपमा पहिलो पटक सन् १९५० मा भेट भएका थिए। त्यो खेलमा ब्राजिलले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि ब्राजिल र मेक्सिकोको भेट चार वर्षपछि अर्थात् सन् १९५४ मा भयो। त्यसमा पनि ब्राजिल ५–० गोल अन्तरले नै विजय भएकाे थियाे।

सन् १९६२ को विश्वकपमा पनि ब्राजिलले नै२–० ले नै हराएको थियो। त्यसपछि यी दुई टोली सन् २०१४ काे विश्वकपमा भेट भए। त्यो खेलमा यी दुई टोलीले बराबरी खेले।

विश्वकपबाहेकका अन्य खेलमा ब्राजिलल र मेक्सिकोको भेट ४० पटक भएको छ। त्यसमा मेक्सिकाेले १० पटक जित्दा ब्राजिलले २३ पटक हराएको छ। त्यस्तै, यी दुई टोलीले सात खेलमा बराबरी खेलेका छन्।

यसपटक भने यी दुई टोली नै खेलको लयमा रहेका छन्। समूह इ मा रहेको ब्राजिलले समूह चरणकाे विजेता बन्दै मेक्सिकोसँगको भेट पक्का गरेको हो। उसले आफ्नो समूहमा स्वीट्जरल्याडसँग बराबरी खेलेको थियो भने कोष्टारिकालाई २–० गोल अन्तरले हरायो। त्यस्तै सर्बियालाई २–० गोल अन्तरले हराउँदै सात अंकका साथ समूह विजेता बनेको थियो ।

उता मेक्सिकोले भने समूह एफमा विश्व विजेता जर्मनीलाई १–० गोल अन्तरले हराउँदा कोरियालाई २–१ गोल अन्तरले हराएको थियो। समूहको विजेता स्वीडेनसँग ३–० ले हारेको थियो। अब यी दुई टिमको प्रतिस्पर्धा भने सोमबार साँझ पौने आठ बजे हुने भएको छ।

यी दुईमध्ये एक घर फर्किने छ भने विजेता भने विश्वकपको दौडमा रहने छ। सोमबार नै हुने अर्को खेलमा जापान र बेल्जियम आमने–सामने हुने छन्। यी दुई टोली विश्वकपमा पहिलो पटक सन् २००२ मा भेट भएका थिए। त्यसमा दुवैले बराबरी खेलेका थिए।

अन्य चार खेलमा जापानले दुई खेलमा एकमा बराबरी र दुई खेलमा हार र एक खेलमा जित हासिल गरेको थियो। समूह जी को विजेता बेल्जियमले समूह एचको उपविजेता जापानसँग १६ वर्षपछि पहिलो पटक भेट हुन लागेका हुन्। समूह जीमा बेल्जियमले इग्ल्याण्ड, ट्युनिसिया र पानामालाई हराएको थियाे।

उसले समूह चरणमा एक गोल पनि खाएको छैन। तर, तीन खेलमा सात गोल गरेको छ। जापान भने कोलम्बियासँग पराजित हँदा सेनेगलसँग २–२ गोलको बराबरी खेलेको थियो। त्यस्तै, पोल्याडसँग १–० ले पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको