नेपालगञ्ज डुबानमा, नदी किनारका बस्तीमा हाई अलर्ट, स्थानीयबासीलाई अग्लो स्थानमा बस्न आग्रह



हाम्रो इकोनोमि

 

अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र कामविशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।

सुरक्षाकर्मी ‘हाई अलर्ट’

नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो । यहाँ वर्षेनी हुने डुबान हुने गरे पनि समस्या समाधानको उचित पहल भएको छैन ।

पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।

वषर्ाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा, राप्तीसोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...