रुकुमको मुसिकोटमा बस दुर्घटना, घाइते १४ मध्ये ३ को अवस्था गम्भीर, घाइतेको नाम सहित



फाईल तस्विर

 

रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

दाङको तुलसीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस सोमबार बिहान करिब २ः३० बजे मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–३, दाङकी सृष्टि पुन, उनकी आमा ३६ वर्षीय माया पुन, तुलसीपुर–८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही स्थानका क्षितिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार,

सल्यान बागचौर नगरपालिकाका १० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान शारदा नगरपालिका १ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३, मैकोटका २५ वर्षीय करण बुढा, सोही स्थानका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा,

पृथा उत्तरगंगा १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उनका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइतेमध्ये सृष्टि पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भिर छ । उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा