रुकुमको मुसिकोटमा बस दुर्घटना, घाइते १४ मध्ये ३ को अवस्था गम्भीर, घाइतेको नाम सहित



हाम्रो इकोनोमि

फाईल तस्विर

 

रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

दाङको तुलसीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस सोमबार बिहान करिब २ः३० बजे मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–३, दाङकी सृष्टि पुन, उनकी आमा ३६ वर्षीय माया पुन, तुलसीपुर–८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही स्थानका क्षितिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार,

सल्यान बागचौर नगरपालिकाका १० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान शारदा नगरपालिका १ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३, मैकोटका २५ वर्षीय करण बुढा, सोही स्थानका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा,

पृथा उत्तरगंगा १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उनका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइतेमध्ये सृष्टि पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भिर छ । उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...