दुर्गा प्रसाईले भने स्वास्थ्य मन्त्री हुँदा थापाले म सँग खाए १४ करोड घुस, फेरी मागेको खुलासा



झापाको बिर्तामोडस्थित बिएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले कांग्रेस नेता गगन थापामाथि गम्भीर आरोप लगाउनु भएको छ । डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने भन्दै संसदमा आफ्नो धारणा राखेकै दिन थापामाथि प्रसाईले गम्भीर आक्षेप लगाउनु भएको हो ।

रिपोटर्श क्लवकोसात्क्षात्कारमा कांग्रेस नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने, ‘गगन थापाले बोल्न जानेका होलान्, उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछ, मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होईन, राज्यलाई कर तिरेको छु, ७ सय भन्दा बढिलाई रोजगार दिएको छु, नेपाल मेडिसिटि अस्पताल हाम्रो प्रतिष्पर्धामा आएको छ, नभए नेपालमा हाम्रोजति सुविधा सम्पन्न अर्को निजि मेडिकल कलेज छैन् हामीलाई समेत किन माफिया भनिदैछ ?’

प्रसाईले थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भिर आरोप लगाए । ‘गगन थापाले स्वास्थ्यमन्त्री हुँदा १४ करोड घुस लिएर नियुक्ति गरेका हुन, उनै अहिले हामीमाथि माफियाको आरोप लगाउने ?’ प्रसाईले भन्नुभयो । प्रसाईले डा गोबिन्द केसीको माग पूरा गर्नुपर्ने कुनै कारण नरहेको ठोकुवासमेत गर्नुभयो ।

उनले भने, ‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाईदा लिँदैछन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माईतीघरमा कागजका टोपी लगाएर आन्दालेन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् ?’

उनले भने, ‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफीया भनेर बोलेकोले नै पुष्टि हुन्छ, तर हेक्का रहोस गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ।’

तत्कालिन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाईमात्रै थाहा हुन्छ, तर हामीलाई सुचना छ।’

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुईवटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहलपनि लिएको सुनाउँदै प्रसाईले भने,‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदापनि खै के कसौंडीको भाँडोमा खै चामलको भात ख्वायो भनेर मलाई माफिया भनेछन, हिजो मुलुकमा गणतन्त्र ल्याउनको लागि लड्ने म पनि हुँ।’ उनले आफूले दुई पार्टी मिलाएर के देशद्रोही गरें त भन्दै उल्टै प्रश्न समेत गरे ।

नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको बारेमा सरकार, अनशनरत डा.गोविन्द के.सी र निजी मेडिकल कलेजका लगानी कर्ताबीचको सहमतिमै समस्या समाधान गर्न आग्रह गरेका छन् । पौडेलले अनशन बसेर समस्या बल्झ्निे भन्दै यस्तो त्रिपक्षीय सहमति खोज्न आग्रह गरेका हुन् ।

उनले भने, ‘माथेमा आयोग प्रतिवेदनका आधारमा सरकारले यस अघि गरेका सहमति र निर्माा गरेको ऐनलाई कार्यान्वयन गर्नुपर्छ, डा. गोविन्द केसीले उठाएका सबै मागहरु जायज छन् भन्न सकिँदैन, केही मागहरुको बारेमा गहन अध्ययन हुन बाँकी छ, सरकारले बहुमतको दम्भ देखाउनुहुँदैन।’

गोविन्द केसीको आन्दोलनले छिमेकी मित्रराष्ट भारतको स्वास्थ्य क्षेत्रमा समेत परिवर्तन भएको दृष्टान्तहरु सुनाउँदै उनले भने,‘हाम्रो नेपालको मात्रै त के कुरा ? वर्तमान सरकार जनपक्षीय भएको भए यसअघि पारित भएको विद्येयक विवादमा ल्याउने नै थिएन ।’

त्यस्तै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाही, सर्वसत्तावादी र अधिनायवादी बाटोमा सरिक भएको गम्भिर आरोप लगाएका छन् ।

उनले भने,‘सरकार जनताको पक्षमा भन्दा माफियाहरुको पक्षमा उभिएको छ, उपत्यकामा १० वर्षसम्म शिक्षण अस्पताल खोल्न नपाईने, निजि क्षेत्रका मेडिकलहरुको स्वास्थ्य सेवाको निगरानी गर्नुपर्ने, छात्रवृत्तिको उचित कार्यान्वयन गर्नुपर्ने, पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या, राप्ती अञ्चल अस्पताल र गेटा शिक्षण अस्पतालको समस्या समाधानको बारेमा उहाँ अनशनमा हुनुहुन्छ, हामी उहाँको साथमा छौं, यदि सरकारले पूर्व सहमतिबेगर काम गर्न थाल्यो भने हामी सकडबाट त्यसको विकल्प खोज्छौं ।’

आन्दोलन र बिरोधका कार्यक्रमहरुको बारेमा गृहमन्त्रालयले जारी गरेको आदेशलाई संविधानको भावनाबिपरित रहेको अधिवक्ता अर्यालको टिप्पणी छ ।

उनले भने,‘लोकतन्त्र बहुमत संख्यामात्रै होईन, जनताको आवाज पनि हो, कानूनी आधार बिनाका कुनैपनि कार्यहरु हामीलाई स्विकार्य हुँदैनन्, हाम्रो समर्थन सत्य कामका लागि हुन्छ, देश र जनताको पक्षमा हुन्छ, सरकार सेवक हो, जनता मालिक हुन, सरकारले जनतालाई रैती सम्झिरहेको छ, यो गलत छ, उन्मादको परिणाम ठिक हुँदैन ।’

त्यस्तै कार्यक्रममा निजी मेडिकल एण्ड डेन्टल कलेज एशोसिएसन नेपालका अध्यक्ष डा. सुरेशकुमार कनौडियाले निजी मेडिकल कलेजहरुलाई राज्यले निर्वाध रुपमा बाँच्न दिनुपर्ने बताए ।

उनले भने,‘राज्यले कि निजि मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्यो, होईन भने निर्वाध रुपमा बाँच्ने आधार दिनुपर्छ, गोविन्द केसीको सबै मागहरु जायज छैनन् भनेर त म भन्दिन्, तर केही मागहरुको बारेमा हाम्रो विमति छ, तत्काल सरकारले यो समस्या समाधान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्