भारतबाट नेपाल ल्याउदै गरेको १३ लाख नक्कली भरतीय रुपैया, २२ किलो चरेस सहित हतियार बरामत,दुई भारतीय नागरीक पक्राउ



जिल्ला प्रहरी कार्यालयले भारतबाट नेपाल ल्याउदै गरेको अवैध भारतीय रुपैया, नेपालमै वसार पसार गरेको चरेस र अवैध हतियार वरामद गरेको छ ।

बरामद गरेको सम्रग्री र आरोपीहरुलाई कार्यालय परिसारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । असार १६ गरे कृष्णनगरमा भारतबाट नेपाल आउने सवारी साधन नियमित चेकजाच गर्दा एच आर ०८ एक्स ६०८८ नंको कारबाट १३ लाख १३ हजार ६ सय ६० भारतीय रुपैया प्रकाउ गरेको छ ।

उक्त कारमा सवार भारत हरियाणका राजेन्द्र जाट र कैलाली गौरीगगा नगरपालिकाक ६ बनभेडा घर भइृ भारतको हरियाणमा होटल संचालन गर्ने महेन्द्र ओझाई प्रकाउ गरिएको छ । उक्त भारतीय रकम राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए ।

उता तौलिहवा बाट जहदी आउदै गरेको लु २३ प ८८३ नं को मोटरसाइकलमा चेकजाच गर्दा रिभल्भर १ थान  वरामद गरिएको प्रहरीले जानएको छ ।

हतियार संगै कपिलवस्तु ११ जहदीका मतेश्वर अहिर र सोही स्थानका नन्दकिशोर यादवलाई प्रकाउ गरिएको छ । त्यस्तै शिवराज नगरपालिकाको उमरि चौकमा रा ३ प २३४३ नं को मोटरसाइकल चेकजाच गर्दा २२ किलो चरेस बरामद गरिएको छ ।

झोलामा ४४वटा पोका वनाई उक्त चरेस सबार गरेको प्रहरीले जनाएको छ । चरेस संगै रोल्पा थवाग गाउंपालिका ५ भई चन्द्रौटा वस्ने राश कुमार रोक्का, दाग तुल्सीपुरक उप महानगरपालिका ६ का आशिष खड्का,  दाग तुल्सीपुरक उप महानगरपालिका ६ का किरण प्रकाश वम रहेका छन् ।

उत्त आरोपिहरुलाई   थप अनुसन्धान गरि आवश्यक कारबाही गरीने कपिलवस्तु प्रहरी प्रमुख मनोज कुमार यादवले बताए । साथै २ वटा ट्रकमा लैजादै गरेका ५० वटा गोरु समेत चन्द्र्रौटामा प्रकाउ गरी भन्सार चलान गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।