भारतबाट नेपाल ल्याउदै गरेको १३ लाख नक्कली भरतीय रुपैया, २२ किलो चरेस सहित हतियार बरामत,दुई भारतीय नागरीक पक्राउ



हाम्रो इकोनोमि

जिल्ला प्रहरी कार्यालयले भारतबाट नेपाल ल्याउदै गरेको अवैध भारतीय रुपैया, नेपालमै वसार पसार गरेको चरेस र अवैध हतियार वरामद गरेको छ ।

बरामद गरेको सम्रग्री र आरोपीहरुलाई कार्यालय परिसारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । असार १६ गरे कृष्णनगरमा भारतबाट नेपाल आउने सवारी साधन नियमित चेकजाच गर्दा एच आर ०८ एक्स ६०८८ नंको कारबाट १३ लाख १३ हजार ६ सय ६० भारतीय रुपैया प्रकाउ गरेको छ ।

उक्त कारमा सवार भारत हरियाणका राजेन्द्र जाट र कैलाली गौरीगगा नगरपालिकाक ६ बनभेडा घर भइृ भारतको हरियाणमा होटल संचालन गर्ने महेन्द्र ओझाई प्रकाउ गरिएको छ । उक्त भारतीय रकम राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए ।

उता तौलिहवा बाट जहदी आउदै गरेको लु २३ प ८८३ नं को मोटरसाइकलमा चेकजाच गर्दा रिभल्भर १ थान  वरामद गरिएको प्रहरीले जानएको छ ।

हतियार संगै कपिलवस्तु ११ जहदीका मतेश्वर अहिर र सोही स्थानका नन्दकिशोर यादवलाई प्रकाउ गरिएको छ । त्यस्तै शिवराज नगरपालिकाको उमरि चौकमा रा ३ प २३४३ नं को मोटरसाइकल चेकजाच गर्दा २२ किलो चरेस बरामद गरिएको छ ।

झोलामा ४४वटा पोका वनाई उक्त चरेस सबार गरेको प्रहरीले जनाएको छ । चरेस संगै रोल्पा थवाग गाउंपालिका ५ भई चन्द्रौटा वस्ने राश कुमार रोक्का, दाग तुल्सीपुरक उप महानगरपालिका ६ का आशिष खड्का,  दाग तुल्सीपुरक उप महानगरपालिका ६ का किरण प्रकाश वम रहेका छन् ।

उत्त आरोपिहरुलाई   थप अनुसन्धान गरि आवश्यक कारबाही गरीने कपिलवस्तु प्रहरी प्रमुख मनोज कुमार यादवले बताए । साथै २ वटा ट्रकमा लैजादै गरेका ५० वटा गोरु समेत चन्द्र्रौटामा प्रकाउ गरी भन्सार चलान गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...