एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ, पक्राउ पछि यसो भने अपराधिले



हाम्रो इकोनोमि

 

नेपालगञ्‍ज-एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ परेका छन्।

श्रीमती, छोराछोरीहरुसँगै बस्दै आएका ४० वर्षीय बाबुले १६ वर्षकी छोरीलाई लगातार करणी गर्दै आएका थिए।

छोरीलाई करणी गरेको श्रीमतीले रंगेहात फेला पारेपछि घटना बाहिर आएको हो। श्रीमतीले उजुरी गरेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।

एक वर्षअघि घरमा कोही नभएको मौका पारेर छोरीलाई करणी गरेका ती व्यक्तिले त्यसपछि नियमित गर्दै आएका थिए। छोरीलाई डरत्रास देखाएका थिए।

प्रहरीले शनिबार साँझ पक्राउ गरेको ती व्यक्तिविरुद्ध हाडनाता करणी मुद्दा प्रक्रिया अघि बढाएको छ।

घरपरिवारसँगै संगोलमा बस्दै आएका ती व्यक्तिले घरमा मान्छे नभएको बेला या रातिमा मौका मिल्ने बित्तिकै छोरीलाई करणी गर्ने गरेको खुलेको छ।
बाँकेमा हाडनाताका करणी बढेको छ।

आफन्तले नै साना नानीहरुलाई बलात्कार गर्ने गरेको बाहिर आइरहेका छन्। बाँके प्रहरीले चालू आर्थिक वर्षमा तीन दर्जनबढी करणीका मुद्दा दायर गरेको छ। करणी उद्योगमा त्यो भन्दा बढी मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...