एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ, पक्राउ पछि यसो भने अपराधिले



 

नेपालगञ्‍ज-एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ परेका छन्।

श्रीमती, छोराछोरीहरुसँगै बस्दै आएका ४० वर्षीय बाबुले १६ वर्षकी छोरीलाई लगातार करणी गर्दै आएका थिए।

छोरीलाई करणी गरेको श्रीमतीले रंगेहात फेला पारेपछि घटना बाहिर आएको हो। श्रीमतीले उजुरी गरेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।

एक वर्षअघि घरमा कोही नभएको मौका पारेर छोरीलाई करणी गरेका ती व्यक्तिले त्यसपछि नियमित गर्दै आएका थिए। छोरीलाई डरत्रास देखाएका थिए।

प्रहरीले शनिबार साँझ पक्राउ गरेको ती व्यक्तिविरुद्ध हाडनाता करणी मुद्दा प्रक्रिया अघि बढाएको छ।

घरपरिवारसँगै संगोलमा बस्दै आएका ती व्यक्तिले घरमा मान्छे नभएको बेला या रातिमा मौका मिल्ने बित्तिकै छोरीलाई करणी गर्ने गरेको खुलेको छ।
बाँकेमा हाडनाताका करणी बढेको छ।

आफन्तले नै साना नानीहरुलाई बलात्कार गर्ने गरेको बाहिर आइरहेका छन्। बाँके प्रहरीले चालू आर्थिक वर्षमा तीन दर्जनबढी करणीका मुद्दा दायर गरेको छ। करणी उद्योगमा त्यो भन्दा बढी मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख