यसरी भयो विश्वकपमा हिटलर प्रथाको अन्त्य, अब कस्को हुन्छ उदय



हाम्रो इकोनोमि

सन १९३० मा उरुग्वेले प्रथम पटक विश्वकप उचाले पश्चात  क्रमस केही शक्ति राष्ट्रले विश्वकप प्रति दबदबा कायम राखेका थिए । विश्वकप २०१८ सम्म आइ पुग्दा धेरै आरोह अबरोहका उदाहरण तपाईं हामी सामु छर्लङ्ग भएको छ । तर अब त्यो ईतिहास पुरानो भएको छ ।

केही नयाँ राष्ट्रहरु विश्वकप मैदानमा हाजिर भएका छन, साथै फुट्बलको सन्दर्भमा शक्ति राष्ट्र्र मानिने देशहरु भने एक दुई गरि घरफिर्ता हुनेक्रम जारी छ ।

छनौट चरण पार गर्न नसकी साबिक बिजेता जर्मनी घर फर्किसकेको छ । आफुलाइ विश्वकप को दर्बिलो दाबेदारी मान्ने र करोडौं समर्थक भएको अर्जेन्टिना पनि फ्रान्सका सामु कमजोर बन्दै देश फिर्ता भएको छ ।

उता चर्चित खेलाडी समाबेस भएको पोर्चुगल पनि एकाएक बाहिरिदा यस बर्षको विश्वकप केही खल्लो हुने फुट्बल प्रेमिहरु बताउछन ।

अर्को तर्फ एसियाबाट जापनले दोस्रोचरण प्रवेश गर्दा खेलकुदको महत्वपुर्ण पाटो अनुसाशन भन्ने बिधा पनि जिबितै रहन पुग्यो । यदि जापनले अनुसाशनलाइ न अङालेको भए सन  २०१८ को दोस्रो चरणको यात्रा सम्भब थिएन ।

प्रसङ्ग  यहाँ नीर प्रमुख छ कि विश्वकप पर्वमा विश्वभर नै मानिसहरु एकआपसमा म यो टिमको उ त्यो टिमको भनी अड्कल बाजी र दाउ राखी खेल बाहिरको अर्को नाटकिय खेलमा रुमल्लिएको हामिले प्रसस्त देखेका छौ ।

फिफाले विश्वभरका मानिस जम्मा गराएर आपसी मेलमिलाप र सद्भाव कायम राख्न आयोजना गरिएको खेल जगत आजसम्म आइ पुग्दा झेलको अवस्थामा पुगेको छ । विश्व युद्धले तहस नहस बनाएको अवस्थामा सम्बन्ध सुधारको माध्यम बनोस भन्ने धारणा अनुरुप संचालित विश्वकपको मर्मलाई बिचलित हुन नदिइ आपसी भाइचारा र सद्भाव कायम होस । खेल भनेको तन्दरुस्ति मनोरन्जन र स्वास्थ्य को माध्यम बनोस ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...