यसरी भयो विश्वकपमा हिटलर प्रथाको अन्त्य, अब कस्को हुन्छ उदय



सन १९३० मा उरुग्वेले प्रथम पटक विश्वकप उचाले पश्चात  क्रमस केही शक्ति राष्ट्रले विश्वकप प्रति दबदबा कायम राखेका थिए । विश्वकप २०१८ सम्म आइ पुग्दा धेरै आरोह अबरोहका उदाहरण तपाईं हामी सामु छर्लङ्ग भएको छ । तर अब त्यो ईतिहास पुरानो भएको छ ।

केही नयाँ राष्ट्रहरु विश्वकप मैदानमा हाजिर भएका छन, साथै फुट्बलको सन्दर्भमा शक्ति राष्ट्र्र मानिने देशहरु भने एक दुई गरि घरफिर्ता हुनेक्रम जारी छ ।

छनौट चरण पार गर्न नसकी साबिक बिजेता जर्मनी घर फर्किसकेको छ । आफुलाइ विश्वकप को दर्बिलो दाबेदारी मान्ने र करोडौं समर्थक भएको अर्जेन्टिना पनि फ्रान्सका सामु कमजोर बन्दै देश फिर्ता भएको छ ।

उता चर्चित खेलाडी समाबेस भएको पोर्चुगल पनि एकाएक बाहिरिदा यस बर्षको विश्वकप केही खल्लो हुने फुट्बल प्रेमिहरु बताउछन ।

अर्को तर्फ एसियाबाट जापनले दोस्रोचरण प्रवेश गर्दा खेलकुदको महत्वपुर्ण पाटो अनुसाशन भन्ने बिधा पनि जिबितै रहन पुग्यो । यदि जापनले अनुसाशनलाइ न अङालेको भए सन  २०१८ को दोस्रो चरणको यात्रा सम्भब थिएन ।

प्रसङ्ग  यहाँ नीर प्रमुख छ कि विश्वकप पर्वमा विश्वभर नै मानिसहरु एकआपसमा म यो टिमको उ त्यो टिमको भनी अड्कल बाजी र दाउ राखी खेल बाहिरको अर्को नाटकिय खेलमा रुमल्लिएको हामिले प्रसस्त देखेका छौ ।

फिफाले विश्वभरका मानिस जम्मा गराएर आपसी मेलमिलाप र सद्भाव कायम राख्न आयोजना गरिएको खेल जगत आजसम्म आइ पुग्दा झेलको अवस्थामा पुगेको छ । विश्व युद्धले तहस नहस बनाएको अवस्थामा सम्बन्ध सुधारको माध्यम बनोस भन्ने धारणा अनुरुप संचालित विश्वकपको मर्मलाई बिचलित हुन नदिइ आपसी भाइचारा र सद्भाव कायम होस । खेल भनेको तन्दरुस्ति मनोरन्जन र स्वास्थ्य को माध्यम बनोस ।

प्रकाशित मिति : १७ असार २०७५, आइतबार  १६ : ५९  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु