भारतीय सुन तस्करसँग नेपाली नागरिकता : यसरी भयो ३ किलो सुन पास गराउने सेटिङ



असार १४ गते भारतीय नागरिकहरु अशोक कुमार र चन्द्रमोहन जोशी कञ्चनपुरको गड्डा चौकी हुँदै मोटरसाईकल चढेर महेन्द्रनगर आइपुगे ।

काठमाडौं बाट भारततर्फ सुन लैजाने योजना सहित महेन्द्रनगर आएका अशोक र चन्द्रमोहनको भेट महेन्द्रनगरमा २५ बर्षीया सञ्जना साहसँग हुन्छ ।

भारतमा ‘ग’ बर्गको निर्माण कम्पनी चलाउने सञ्जना साहले सोही दिन चन्द्रमोहन र अशोकलाई आफ्नो गाडीमा राखेर धनगढी विमानस्थल लैजान्छिन्  । धनगढी विमानस्थलाट काठमाडौँ आएका उनीहरु जमलको यल्लो प्यागोडा होटलमा बास बस्छन् ।

काठमाडौँमा सञ्जनाका आफन्तहरु पनि छन्, उनी सँगै आएका दुईजना साथीलाई होटलमा छाडेर सञ्जना आफन्तको घरमा बस्न जान्छु भन्दै होटलबाट बाहिरिन्छिन् ।

प्रहरीको आँखा छलेर सुन तस्करी गर्न माहिर यो समुहले अर्का दुई जनालाई त्यही दिन (बिहीवार) युके ०२ ४६८४ नम्बरको गाडीलाई काठमाडौँ बोलाउँछन् ।

युके ०२ ४६८४ नम्बरको मारुती त्यही गाडी हो जुन गाडीमा सञ्जना र उनका दुईजना सथिहरु महेन्द्रनगरबाट धनगढी विमास्थल गएका थिए ।

महेन्द्रनगरबाट भारतीय नम्बरप्लेटको मारुतीमा मनोज विक र दीपक कुमार मौर्य सवार थिए । दीपकले गाडी चलाए, उनीहरु काठमाडौं आइपुग्दा असार १५ भैसकेको थियो । काठमाडौं आएपछी यल्लो प्यागोडा होटमलमा अशोक र चन्द्रमोहन सँगै बास बसेका दीपक र मनोज शनिवार (१६ गते) ३ किलो सुनसहित नागढुंगाबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ३ किलो सुन ओसार–पसारमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । ‘

हामीले नियन्त्रणमा लिएको युके ०२ ४६८४ नम्बरको गाडी पटक–पटक अवैधकारोवारमा प्रयोग हुने गरेको खुल्न आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘एयर फिल्टरमा लुकाएको ३ किलो सुन र उक्त सुन ओसार–पसारमा संलग्नहरुलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागमा पठाएका छौँ ।’

चुडामणि उप्रेती ‘गोरे’ ले ल्याएको साँढे ३३ किलो सुन  र सनम शाक्य हत्या प्रकरणपछि सुन तस्करहरुले ठूलो परिणाको सुन भारत पठाउन छाडे पनि सानो परिमाणको सुन भारततर्फ तस्करी भइरहेको पाइएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर केशव भट्टको टोलीले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको उक्त मारुती कार २०७५ वैशाख यता चारपटक सम्म कञ्चनपुरको गड्डाचौकी हुँदै काठमाडौं आउने जाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले शनिवार पक्राउ गरेका सञ्जनासँग भारतीय रासन कार्डसँगै नेपाली नागरीकता समेत रहेको पाईएको छ । उनले लिएको नेपाली नागरिकताको सम्बन्धमा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दुबई लगायतका मुलुकबाट आउने अवैध सुन यसअघि भारततर्फ नै जाने गरेको थियो । तर, गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितीले सुन तस्करीबारे अनुसन्धान शुरु गरेपछि विमानस्थलबाट हुने सुन तस्करी रोकिएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

तर, पछिल्लो पटक ३ किलो सुन नेपाली बजार किनेर भारत लैजान लागेको खुलेसँगै नेपाली बजारमा अवैध सुनको स्टक नै रहेको आँकलन गरिएको छ ।

‘यो सुन कहाँबाट आयो भन्नेबारे खुल्न सकेको छैन,’ काठमाडौँका एसएसपी पोखरेलले भने, ‘हामी यसको जरोसम्म पुग्न खोजेका छौं, थप अनुसन्धान भइरहेको छ ।’ रातोपाटीबाट 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्