निःसन्देह दुई पार्टीका नेता–कार्यकर्ताको मन मिलाउने प्रश्न जटिल र कठिन : नेकपाका महासचिव विष्णु पौडेल



 

 

एकीकृत पार्टीको महासचिव बन्नुभएको छ, यो ४५ दिनको व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो ?

– यो चाहिँ मेरो जीवनमा अत्यन्त गौरवपूर्ण जिम्मेवारीका रूपमा लिएको छु र जिम्मेवारी निर्वाह गर्ने कोसिस मबाट हुनुपर्छ भन्ने निष्कर्षमा छु ।

यो बीचको अवधि खासगरी कामको जिम्मेवारीका हिसाबले व्यस्ततापूर्ण अवधि रह्यो । अनुभवका हिसाबले हामी दुई पार्टीलाई केन्द्रीय तहमा एकताबद्ध ग¥यौं ।

अब स्थानीय तहमा एकता गर्नका लागि र पार्टीका जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध गर्नका लागि हामीले केही संरचना, कार्यदलहरू निर्माण गरेर  प्रक्रियालाई अगाडि बढाएका छौं । यस बीचमा विभिन्न कम्रेडहरूसँगको भेटघाट अनुभवहरूको आदान प्रदान त्यो चाहिँ महत्वपूर्ण रहेको छ ।

नेकपाका नेताहरू भेट्दा विष्णु पौडेल पहिला डिफेन्डर हुनुहुन्थ्यो, अहिले स्टाइकर बन्नुभएको छ भन्छन् । डिफेन्डरबाट स्ट्राइकर बन्दा दौडधुप, दबाब तदारुकताको पाटो चाहिँ कस्तो रह्यो ?

मैले कहिल्यै पनि आफूलाई पार्टीको साधारण कार्यकर्ताभन्दा माथि ठानिनँ, आज पनि म ठान्दिनँ । पार्टीको एउटा सदस्यका नाताले पार्टीको झण्डा र विचार बोक्न पाउँदा गर्वको अनुभूति गर्छु ।

र त्यस क्रममा जुनबेला जस्तो जिम्मेवारी आउँछन् पार्टीले पत्याएर  दिने जिम्मेवारी पूरा गर्ने जिम्मेवारी पूरा गर्ने इमान्दारीपूर्वक कोशिस गर्छु ।

निःसन्देह मेरा लागि अन्यन्तै महत्वपूर्ण जिम्मेवारी हो र यो जिम्मेवारी मैले इमानदारीपूर्वक पूरा गर्नुपर्छ भन्ने म ठान्दछु र त्यसका लागि मेरो प्रयास रहिरहन्छ ।

जेठ ३ गते सरप्राइज ढङ्गले पार्टी एकता गर्नुभयो । डेढ महिना भयो अब पार्टीको तल्लो वडा कमिटीदेखि प्रदेशसम्मका धेरै संरचना एकीकृतको बाँकी छ । आजका दिनमा कुन तहमा पुगेको छ र अब कति समय लाग्छ ?    

हामीले सुरुमा तीन महिनाभित्र सक्छौं भनेका हौं । आम रूपमा एकता प्रक्रियाका कार्यभारहरूलाई तीन महिनाभित्र पूरा गर्छौं भन्ने हाम्रो ठम्याइ हो ।

यस बीचमा केही कामहरू अगाडि बढेको छ । खासगरी जनवर्गीय सङ्गठनको एकताका लागि कार्यदलहरू बनेका छन् । कार्यदलहरूले आ–आफ्नो तहमा एकता प्रक्रियालाई अगाडि बढाइरहेका छन् । स्थानीय पार्टी कमिटीहरूको एकताका लागि प्रदेश तहमा र जिल्ला तहमा कार्यदल बनेका छन् ।

ती कार्यदलहरूको पनि आफ्नो कामलाई अगाडि बढाएका छन् । खासगरी कार्यदलको सिफारिसका आधारमा हामिले केन्द्रीय तहबाट आवश्यक निर्णयहरू गर्नु छ  । ती कामहरूलाई हामीले अगाडि बढाउँदै छौँ ।

यस बीचमा हामी पार्टीको विधान र प्रतिवेदन जस्ता दस्तावेजहरू जुन हामीले निर्वाचन आयोग समक्ष प्रस्तुत पनि गरिसकेका छौं । ती चीजहरूको सम्पादन गर्दै प्रेसमा पठाउने तयारीमा पनि हामी छौं ।

पार्टीको नियमावली निर्माणको काम अगाडि बढेको छ । त्यसमा पनि हामीहरू छलफलमा छौँ । यी कामहरूलाई हामीले समन्वयात्मक ढङ्गले अगाडि बढाइरहेका छौँ ।

 

जस्तो, पार्टी कमिटीहरू एक खालका प्राविधिक संरचना हुन्, यो वा त्यो ढङ्गको लिडरसिपमा बन्लान् नै, विगतका तीता मीठा अनुभवहरू पनि दुई पार्टीको बीचमा छन् । मन मिलाउने कुरा चाहिँ कत्ति सजिलो छ ?

तपार्इंले एकदमै पृष्ठभूमिका अनेक अध्यायतर्फ ध्यान जाने प्रवृत्तिको प्रश्न सोध्नुभो । निःसन्देह यो चाहिँ मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो ।

तर कस्तो हुँदो रहेछ भन्दाखेरी मन फाट्दै गएको बेला आशङ्का अविश्वास गर्न नपर्ने विषयहरूमा पनि आशङ्का र अविश्वास सिर्जना हुन्छ, जतिबेला मन मिल्दै जान्छ त्यतिबेला चाहिँ अविश्वासका आधारहरू पनि कमजोर हुँदै जाँदा रहेछन् । खासगरी असोज १७ गतेपछि हामी जसरी राष्ट्रिय राजनीतिमा प्रस्तुत भयौँ ।

साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवार लिएर जनताका माझमा जाने हामीले जुन अभ्यास ग¥यौं, त्यसदेखि यता हाम्राबीचमा मन मिलाउनका लागि त्यति धेरै कठिनाइ उत्पन्न भएन ।

पार्इंसँग निकै महत्वपूर्ण मन्त्रालयसहित सरकारमा बसेर काम गरेको अनुभव पनि छ । अहिले देशमा यत्ति शक्तिशाली सरकार छ । मानिसहरूले यो देशमा कम्युनिस्ट सरकारले जनजीविकाको सवालमा  निकै महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका थिए । त्यो स्प्रिटमा काम नगरेको गुनासो छ ।पार्टी च्यानलबाट आफ्ना सुझावहरू अथवा पार्टी र सरकारबीचको समन्वयको कस्तो प्रयोग गरिरहनुभएको छ ?    

सरकारले आम रूपमा, आधारभूत रूपमा ठीक निर्णय गर्दै ठीक काम गर्दै अगाडि बढेको छ । तर जहिले पनि जनताको अपेक्षा र यथार्थको बीचमा एउटा खाडल हुन्छ ।

त्यो ग्याप छ भन्नेकुरा हामीले बुझेका पनी छौं । तर परिस्थितिको सीमा र सरकार बनेको समयका हिसाबले हेर्ने हो भनेर सकारकारका काम कारवाही सन्तोषजनक छन् भन्ने ठान्दछु ।

जरुर जनताको अपेक्षालाई सम्बोधन गर्ने हिसाबले सरकारका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने आवश्यकता त छँदैछ ।

कृषिमन्त्रीलेकुराकानीका क्रममा मन्त्रालय बीचको समन्वयको समस्या देखिएको कुरा गर्नुभएको थियो । क्याबिनेट मन्त्रीको त्यस्तो कुरा आउँदा आउटपुटमा समस्या होला नि ?

उहाँले के भन्नुभयो, हेर्न भ्याएको छैन । समन्वय अझ राम्रो हुनुपर्छ भन्ने अपेक्षा त स्वाभाविक हो ।

 

अन्तिममा, सरकार सञ्चालनसम्बन्धी कुनै मेकानिजम बनाउने अथवा पार्टीले आवश्यकता अनुसार निर्णय गर्ने भन्ने हुन्छ ?  

अहिले के छ भने सरकारको नेतृत्व पार्टी अध्यक्षले गर्नुभएको छ । पार्टीका औपचारिक संरचनाहरू छन् । पार्टीको सचिवालय छ, स्थायी समिति र केन्द्रिय कमिटी छ ।

भनेपछि सरकारलाई दिनुपर्ने सुझावहरू अथवा पार्टीको तर्फबाट भन्नुपर्ने विषयहरू ती फोरमहरूमा बसेर भन्न सक्छौं । पार्टीको तर्फबाट गर्नुपर्ने निर्णयहरू हामी त्यहाँबाट गर्न सक्छौं ।

सरकारले पनि कुन ढङ्गले काम गर्दै छ, पार्टीका तर्फबाट कस्तो प्रकारको साथ सहयोग निर्देशको अपेक्षा गरेको छ भन्ने कुरा त्यही प्लेटफर्ममा बसेर भन्नसक्ने अवस्था छ ।

अहिले सरकार र पार्टीलाई हामीले निरपेक्ष ढङ्गले छुट्याएर हैन एक अर्कासँग घनिष्ट रूपमा आबद्ध भएको अवस्थामा पाउँछौँ । त्यस हिसाबले नै हामीहरू अगाडि बढिरहेका छौँ । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्