गोरखा, धादिङ, लमजुङ र कास्कीमा भारी वर्षा हुने, चुरे र महाभारतबाट बहने नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह



हाम्रो इकोनोमि

बाढी पूर्वानुमान महाशाखाले आज चुरे र महाभारतबाट बहने नदी आसपास रहने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार (आज) देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले चुरे र महाभारतबाट बहने लगायतका नदी आसपासमा उच्च सतर्कता अपनाउन भनेको हो ।

गोरखा, धादिङ, लमजुङ र कास्कीको केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । साथै बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहन पनि अनुरोध गरेको  छ ।

सोमबार (भोलि) गोरखा, धादिङ, लमजुङ र कास्की लगायत काठमाण्डौ , ललितपुर भक्तपुर ,नुवाकोट ,दोलखा आसपासका जिल्लामा पनि भारी बर्षा हुने सम्भावना भएकाले यी जिल्लामा पनि सर्तकता अपनाउन बिशेष बुलेटिन मार्फत ध्यानाकर्षण गराएको छ ।

बाढी पुर्वानुमान महाशाखाले चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने चेतावनी दिएको छ ।

विशेषगरी चुरे क्षेत्रबाट प्रवाह हुने सबै खोलानालाहरुमा बहाब खतरा तहभन्दामाथि जान सक्ने देखिएकाले तराई र चुरे क्षेत्रमा पर्ने सबै जिल्लाहरु र मध्यपहाडी क्षेत्रहरुमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्ने देखाएकाले सर्तकता अपनाउन महाशाखाले जनाएको छ ।

मध्य तथा पश्चिम क्षेत्रका नदीहरू बागमती, रिउखोला, पश्चिम राप्ती, बबई, मोहना, मछेली लगायत चुरेबाट बहने अन्य नदीहरूमा वहाब बढ्दो क्रममा हुने तथा केहीमा सोमबार सम्म सतर्कता तह आसपास पुग्ने अनुमान भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा ३ दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...