चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा सिकार गर्न हिडेका नौ भारतीय नागरिक पक्राउ, सुरक्षा व्यवस्था कडा



हाम्रो इकोनोमि

चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा सिकार गर्न हिडेका नौ भारतीय नागरिक पक्राउ परेका छन ।

वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईली’मा सातजना भारतीय नागरिक पक्राउ परेका छन्

। त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’मा दुई जना भारतीय पक्राउ परेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ‘साईली माईली’मा पक्राउ परेकाहरुले बाटो बिराएर छिरेको जनाएको र सुनाचुरीमा माछा मार्दै गर्दा पक्राउ परेको भए पनि शंकास्पद देखिएकोले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

ती क्षेत्रहरुमा हात्तीसहितको स्वीप अप्रेशन गर्ने काम भइरहेको उनले बताए । ती व्यक्तिको साथमा केही नभेटिए पनि उनीहरुले हातहतियार लुकाएको हुनसक्ने भन्दै पश्चिमी र पूर्वी सेक्टरमा दिनहुँजसो स्वीप अप्रेशन भइरहेको उनले बताए ।

‘साईली माईली’ भारतीय सीमा क्षेत्रमा रहेको वाल्मीकिनगरबाट झण्डै छ घण्टाको यात्रापछि मात्रै आइपुग्न सकिन्छ । ती व्यक्तिहरुले हराएको जनाए पनि यतिभित्र कसरी र कुन उद्देश्यसहित आइपुगे भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए । ती व्यक्ति भारतको वाल्मीकि नगरका हुन् ।

पूर्वी सेक्टरमा पक्राउ परेका अवैधरुपमा माछा मार्दै गरेका भएकाले उनीहरुको गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेकाहरुको बारेमा निकुञ्जले विस्तृत खुलाएको छैन । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गतवर्षमा असारदेखि भदौसम्म गस्ती कम हुने भए पनि यसवर्ष सुरक्षा चुनौती देखिएपछि हिउँदका महिना जस्तै गरी निकुञ्ज सुरक्षाका काम भइरहेको बताए ।

निकुञ्जभित्र कतिपय ठाउँहरुमा वर्षातको समयमा गाडी नजाने भएपछि हात्ती र पैदल गस्तीलाई तीव्रता दिईएको छ । अर्यालका अनुसार मध्यवर्ती क्षेत्रमा भने गाडीको प्रयोग गरी निकुञ्ज पूरैलाई घेरामा राखेर गस्ती भइरहेको छ ।

विसं २०७३ साल चैत २६ गते यता निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मारिएको छैन । तस्करको चलखेल हुनसक्ने भन्दै निकुञ्जले गस्तीलाई वर्षभरी नै तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...