सुनमा तामा मिसाएर बेच्ने ११ सुन व्यवसायी पक्राउ, १ किलो सुनमा १ किलो नै तामा मिसाएको खुलासा



हाम्रो इकोनोमि

 

 

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो ।  १ किलो सुनमा १ किलो नै तामा मिसाएको खुलासा भएको छ ।

इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको  प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले ११ सुन व्यवसायी पक्राउ परेको पुष्टि गर्यो । तर कुन-कुन व्यवसायी पक्राउ परेका हुन् भन्नेबारे केही खुलाइएकाे छैन ।

पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखिएकाे छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीकाे तयारी छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...