३ किलो सुनसहित काठमाडौंको नागढुंगाबाट दुईजना भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक पक्राउ



हाम्रो इकोनोमि

राजधानीको नागढुंगा चेकप्वाइन्टबाट ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

शनिवार बिहान साढे ११ बजे भारतीयत नम्बर प्लेट अंकित मारुती कारको एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा ३ किलो सुन बरामद गरिएको बताइएको छ ।

युके ०२४६८४ नम्बरको उक्त मारुती कार भारतको चम्परा स्थायी घर भएका १९ वर्षीय दिपक मोर्रेले चलाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...