३ किलो सुनसहित काठमाडौंको नागढुंगाबाट दुईजना भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक पक्राउ



हाम्रो इकोनोमि

राजधानीको नागढुंगा चेकप्वाइन्टबाट ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

शनिवार बिहान साढे ११ बजे भारतीयत नम्बर प्लेट अंकित मारुती कारको एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा ३ किलो सुन बरामद गरिएको बताइएको छ ।

युके ०२४६८४ नम्बरको उक्त मारुती कार भारतको चम्परा स्थायी घर भएका १९ वर्षीय दिपक मोर्रेले चलाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...