माइतीघर मण्डलामा सरकारको धरपकड, निर्णय लागु नहुँदै गरियो पक्राउ



हाम्रो इकोनोमि

सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रर्दशन गर्न गएकाहरु विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्जवल थापासहित एक दर्जन पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर सिंहदवार लगिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

माइतघर मण्डलालगायतका क्षेत्रमा प्रर्दशन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो ।

यहीक्रममा आज सरकारी निर्णयको विरोधमा प्रर्दशन गर्न मण्डल गएकाहरु पक्राउ परेका हुन् । उनीहरुले नागरिकको हक खोस्न नपाइने माग गरेको थिए ।

काठमाडौंको शान्ति बाटिका र माईतिघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको थियो ।

बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका थिए ।

गृहमन्त्री थापाले साउन १ गतेबाट सरकारको निर्णय लागु हुने बताएका भएपनि त्यसभन्दा पहिला नै पक्राउ गरिएको छ ।

गृहमन्त्रालयले काठमाडौंको खुल्लामञ्च, तिनकुनेस्थित खाली चउर, स्वयम्भुको भगवानपाउस्थित खुल्ला जमिन, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौरस्थित खाली जमिन र गौशालाको सिफल चउरमा मात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।

यसैगरी ललितपुरको च्यासल खेल मैदान, गोदावरी बसपार्कसँगै रहेको खुल्ला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिर नजिकैको खाली जमिन, लुभुको ससमु चौर र घोविघाट नजिकै रहेको खुल्ला जमिनमा मात्र अब प्रदर्शन गर्न पाइनेछ ।

भक्तपुर जिल्लामा भने सरकारले एक स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने स्थानको रुपमा तोकेको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा मात्र विरोध प्रदर्शन गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको स्थानभन्दा बाहेक अन्यत्र विरोध प्रदर्शन गरेमा साउन एक गतेदेखि स्थानीय प्रशासनले हस्तक्षेप गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...