माइतीघर मण्डलामा सरकारको धरपकड, निर्णय लागु नहुँदै गरियो पक्राउ



सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रर्दशन गर्न गएकाहरु विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्जवल थापासहित एक दर्जन पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर सिंहदवार लगिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

माइतघर मण्डलालगायतका क्षेत्रमा प्रर्दशन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो ।

यहीक्रममा आज सरकारी निर्णयको विरोधमा प्रर्दशन गर्न मण्डल गएकाहरु पक्राउ परेका हुन् । उनीहरुले नागरिकको हक खोस्न नपाइने माग गरेको थिए ।

काठमाडौंको शान्ति बाटिका र माईतिघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको थियो ।

बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका थिए ।

गृहमन्त्री थापाले साउन १ गतेबाट सरकारको निर्णय लागु हुने बताएका भएपनि त्यसभन्दा पहिला नै पक्राउ गरिएको छ ।

गृहमन्त्रालयले काठमाडौंको खुल्लामञ्च, तिनकुनेस्थित खाली चउर, स्वयम्भुको भगवानपाउस्थित खुल्ला जमिन, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौरस्थित खाली जमिन र गौशालाको सिफल चउरमा मात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।

यसैगरी ललितपुरको च्यासल खेल मैदान, गोदावरी बसपार्कसँगै रहेको खुल्ला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिर नजिकैको खाली जमिन, लुभुको ससमु चौर र घोविघाट नजिकै रहेको खुल्ला जमिनमा मात्र अब प्रदर्शन गर्न पाइनेछ ।

भक्तपुर जिल्लामा भने सरकारले एक स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने स्थानको रुपमा तोकेको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा मात्र विरोध प्रदर्शन गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको स्थानभन्दा बाहेक अन्यत्र विरोध प्रदर्शन गरेमा साउन एक गतेदेखि स्थानीय प्रशासनले हस्तक्षेप गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार  १२ : ३७  बजे

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ कराेडकाे बजेट

    काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो

रसुवा बाढी : ११ जनाको शव फेला पर्‍यो, १७ अझै बेपत्ता

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला

इजरायली सेनाको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी मारिए

    गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन्

कपिलवस्तुमा बस दुर्घटना, २९ जना घाइते (नामावली)

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका