केपी ओलीलाई जेलमा कांग्रेसीले यसरी हेप्थे, जेलमा यस्तो दुःख पाएका थिए ओलीले, नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा



हाम्रो इकोनोमि

 

देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन ।

आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी निरंकुश शासनविरुद्ध ०३६ सालमा विद्यार्थीले बृहत् आन्दोलन सुरु गरे ।

त्यही आन्दोलनबाट राजनीतिमा होमिए हालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । लक्ष्य थियो– निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्ने । उनै अध्यक्ष तिमिल्सिनाले अाजकाे नयाँ पत्रिकामा केपी अाेलीबारे बताएका छन् ।

राजतन्त्रको अन्त्य गरी स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रसहितको समतामूलक शासन व्यवस्थाको स्थापना गर्ने । अझ त्यसभन्दा पर साम्यवादमा पुग्ने लक्ष्यसहितको समाजवादको स्थापना गर्ने ।

चुनौती थियो– भूमिगतमै राजनीतिक दल तथा संगठनमा आमनेपालीलाई संगठित गर्दै लैजानु । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सक्रिय हुँदै गर्दा भोलि आफू कहाँ पुग्छु भन्ने उनले कहिल्यै सोचेनन् । राजनीतिक भविष्य वा पदमा आसिन हुने कुरा उनको मनमै उब्जिएन ।

न त उनले कुनै सपना नै देखेका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको पहिलो अध्यक्षजस्तो गरिमामय पदमा पुगौँला भन्ने ।

जेलमा पाएको दुःख

जेलभित्र मिलेर, रमाएर बसेको पञ्चायत शासकले देखिसहेनन् । र, हामीलाई छिन्नभिन्न बनाए । साउनदेखि पुससम्म पोखरा जेलमा राखेपछि मलाई तौलिहवा जेलमा पठाइयो । त्यहाँ पुसमा मौरीको गोलोजस्तो लामखुट्टे आउने रहेछ ।

भोलिपल्टदेखि झुल टाँगेर सुत्न थालेँ । गर्मी महिनामा खडेरीले मर्ने भएकाले लामखुट्टे लागेन । तर, गर्मीका कारण पसिनाले भिज्ने भएकाले एउटा तन्ना मात्रै ओच्छ्याएर सुत्नुपर्ने अवस्था बन्यो । राजबन्दीमा करिब एक वर्ष तौलिहवामा राखिएँ ।

त्यसताका प्रवीणता पत्रमाणपत्र तहको परीक्षा परेकाले मलाई भैरहवा जेलमा लगियो । तर, त्यहाँको बेथिति देखेपछि त्यसको समाधानका लागि म अनशन बसेँ । अनशन बसेपछि परीक्षा नै दिन नपाई फेरि तौलिहवा फर्काइयो । त्यसपछि नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा समेत पुर्योइयाे ।

मलाई खगराज अधिकारीसहित वीरगन्ज जेलमा पु(याइएको थियो । त्यस जेलमा सलिम मियाँ अन्सारी (हाल दिवंगत) पनि थिए । ग्यास्ट्रिकका बिरामी अन्सारी एक दिन औषधि खाएपछि बेहोस भए ।

जेल प्रशासनले अस्पताल लान मानेन । मलगायतले नाराबाजी गरेपछि बल्ल मेरै रोहबरमा अस्पताल लगियो । तर, अन्सारीको हातमा लगाइएको हतकडी प्रहरीले खोल्न मानेन ।

अन्सारी राजबन्दी नभएको (ख) श्रेणीको सिधा खाने) भन्दै उनको हातको हतकडी प्रहरीले खोल्न मानेको थिएन । अस्पतालमा चिकित्सकले हतकडी नखोली उपचार नगर्ने बताएछि बल्ल हतकडी खोलियो । नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...