केपी ओलीलाई जेलमा कांग्रेसीले यसरी हेप्थे, जेलमा यस्तो दुःख पाएका थिए ओलीले, नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा



 

देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन ।

आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी निरंकुश शासनविरुद्ध ०३६ सालमा विद्यार्थीले बृहत् आन्दोलन सुरु गरे ।

त्यही आन्दोलनबाट राजनीतिमा होमिए हालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । लक्ष्य थियो– निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्ने । उनै अध्यक्ष तिमिल्सिनाले अाजकाे नयाँ पत्रिकामा केपी अाेलीबारे बताएका छन् ।

राजतन्त्रको अन्त्य गरी स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रसहितको समतामूलक शासन व्यवस्थाको स्थापना गर्ने । अझ त्यसभन्दा पर साम्यवादमा पुग्ने लक्ष्यसहितको समाजवादको स्थापना गर्ने ।

चुनौती थियो– भूमिगतमै राजनीतिक दल तथा संगठनमा आमनेपालीलाई संगठित गर्दै लैजानु । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सक्रिय हुँदै गर्दा भोलि आफू कहाँ पुग्छु भन्ने उनले कहिल्यै सोचेनन् । राजनीतिक भविष्य वा पदमा आसिन हुने कुरा उनको मनमै उब्जिएन ।

न त उनले कुनै सपना नै देखेका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको पहिलो अध्यक्षजस्तो गरिमामय पदमा पुगौँला भन्ने ।

जेलमा पाएको दुःख

जेलभित्र मिलेर, रमाएर बसेको पञ्चायत शासकले देखिसहेनन् । र, हामीलाई छिन्नभिन्न बनाए । साउनदेखि पुससम्म पोखरा जेलमा राखेपछि मलाई तौलिहवा जेलमा पठाइयो । त्यहाँ पुसमा मौरीको गोलोजस्तो लामखुट्टे आउने रहेछ ।

भोलिपल्टदेखि झुल टाँगेर सुत्न थालेँ । गर्मी महिनामा खडेरीले मर्ने भएकाले लामखुट्टे लागेन । तर, गर्मीका कारण पसिनाले भिज्ने भएकाले एउटा तन्ना मात्रै ओच्छ्याएर सुत्नुपर्ने अवस्था बन्यो । राजबन्दीमा करिब एक वर्ष तौलिहवामा राखिएँ ।

त्यसताका प्रवीणता पत्रमाणपत्र तहको परीक्षा परेकाले मलाई भैरहवा जेलमा लगियो । तर, त्यहाँको बेथिति देखेपछि त्यसको समाधानका लागि म अनशन बसेँ । अनशन बसेपछि परीक्षा नै दिन नपाई फेरि तौलिहवा फर्काइयो । त्यसपछि नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा समेत पुर्योइयाे ।

मलाई खगराज अधिकारीसहित वीरगन्ज जेलमा पु(याइएको थियो । त्यस जेलमा सलिम मियाँ अन्सारी (हाल दिवंगत) पनि थिए । ग्यास्ट्रिकका बिरामी अन्सारी एक दिन औषधि खाएपछि बेहोस भए ।

जेल प्रशासनले अस्पताल लान मानेन । मलगायतले नाराबाजी गरेपछि बल्ल मेरै रोहबरमा अस्पताल लगियो । तर, अन्सारीको हातमा लगाइएको हतकडी प्रहरीले खोल्न मानेन ।

अन्सारी राजबन्दी नभएको (ख) श्रेणीको सिधा खाने) भन्दै उनको हातको हतकडी प्रहरीले खोल्न मानेको थिएन । अस्पतालमा चिकित्सकले हतकडी नखोली उपचार नगर्ने बताएछि बल्ल हतकडी खोलियो । नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका