फ्रान्स भर्सेस अर्जेन्टिना, दुई पूर्व विजेताबिचको प्रतिस्पर्धा : पल्लाभारी अर्जेन्टिना कि फ्रान्सको ?



आलोचना र अप्ठ्यारोलाई कठिन रुपले समूह चरण पार गरेर अन्तिम १६ को यात्रा तय गरेको हो, अर्जेन्टिनाले । समूह चरणका दुई खेलमा खराब प्रर्दशन र नतिजाले उसलाई समूह चरणबाट घर फर्किन पर्ने अवस्थामा पुर्‍याएको थियो ।

तर तेस्रो खेलमा नाइजेरियामाथि अत्यावश्यक जित निकाल्दै स्टार खेलाडी लियोनल मेस्सीको टिमले विश्वकप यात्रामा पुनर्जीवन पायो । पहिलो खेलमा आइसल्याण्डसँग १–० को बराबरी, मेस्सी चुकेको पेनाल्टी ।

दोस्रो खेलमा क्रोएसियासँग ३–० को हारले अर्जेन्टिनालाई नमज्जाले हल्लायो । दुई खराब नतिजाबाट गुज्रिएको उसले तेस्रो खेलमा लय लियो ।

मेस्सीले सुन्दर गोल गरे र अन्तिममा मार्कस रोजोको विजयी गोलले गुमिसकेको यात्रामा उसले बाटो फेरि भेट्टायो । यसरी अघि बढेको अर्जेन्टिनाले रुसमा जारी विश्वकपमा शनिबार नकआउट चरणको पहिलो खेलमा फ्रान्सको सामना गर्दैछ ।

समूह सी को विजेता फ्रान्सले समूह डी को उपविजेता अर्जेन्टिनासँग कजान एरिनामा बेलुका पौने ८ बजे प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ ले कजान एरिनामै हराएको थियो । यसले गर्दा यो रंगशालासँग उसको सुरुवाति खुशी जोडिएको छ । उसले दोस्रो खेलमा पेरुमाथि १–० जित निकाल्यो । तर समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोल रहित बराबरीमा रोकियो ।

अर्जेन्टिनासँग प्रतिस्पर्धामा उत्रिँदा फ्रान्सेली टिममा बेन्जामिन मेन्डी हुने छैनन् । उनी मसल इन्जुरीका कारण मैदान बाहिर हुने भएका हुन् । तर डेनमार्कसँगको खेलमा मैदान बाहिर रहेका लुकास हर्नान्डेज भने उपलब्ध हुनेछन् । अर्जेन्टिनाको टिममा भने नयाँ कुनै किसिमको इन्जुरीको समस्या छैन । मिडफिल्डर एन्जो पेरेजमा भने केही समस्या छ । तर उनी खेल्नेछन् ।

अर्जेन्टिना भर्सेस फ्रान्स यो विश्वकपको ह्यावी वेट गेम हो । तर दुवै टिमले समूह चरणका खेल सकिँदासम्म आफ्नो उत्कृष्ट लय समातेका देखिएको छैन । यसले गर्दा शनिबारको खेल रोमाञ्चक हुने पक्का छ ।

फ्रान्सेली टिममा अधिकांश युवा खेलाडी छन् र सबै राम्रा छन् । सन् १९३० पछि पहिलो पटक फ्रान्सेली टिममा अधिकांश युवा खेलाडी रहेका छन् । यो टिमले २० वर्ष अघिको ग्लोरीमा टिमलाई फर्काउने विश्लेषण गर्ने धेरै छन् । फ्रान्सले सन् १९९८ मा विश्वकपको उपाधि उचालेको थियो ।

दुवै टिमको भनाई

फ्रान्सको टिममा भर मध्येका एक एन्टोनी ग्रिजम्यानले आफ्नो स्तरमाथि लैजान प्रयास गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘अन्तिम १६ को खेलमा मलाई आशा छ कि मैले मेरो स्तर बढाउने छु । यो युरोकपमा जस्तै भएको छ । त्यो बेला पनि अन्तिम १६ मा आएपछि मेरो स्तरमा पुगेको थिएँ । अहिले पनि पक्कै पुग्ने छु । मेरो खेलमा विश्वास छ ।’

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले आफ्नो टिमको भर लियोनल मेस्सी रहेको तर उनलाई टिमका अरु खेलाडीको साथ चाहिने बताएका छन् । साथी खेलाडीको सहयोग पाएमा मात्रै मेस्सीले आफ्नो उत्कृष्ट खेल देखाउन सक्ने साम्पाओलीको भनाई छ ।

उनले भने, ‘मेस्सीको मानवीय पक्ष निकै उत्कृष्ट छ । उनी त्यस्ता व्यक्ति हुन् जसलाई महसुस हुन्छ, रुन्छन्, प्रभावित हुन्छन् र अर्जेन्टिनाको जितमा खुशी हुन्छन् । मैले उनलाई निराश–दुःख र खुशी पनि देखेको छु ।’

मेस्सीले अर्जेन्टिनाबाट खेल्दा इन्जोए नगर्ने मानिसहरुले आरोप लगाउने गरेको तर त्यो सत्य नभएको साम्पाओलीको भनाई छ ।

हेड–टू–हेड

विश्वकपको नकआउट चरणमा यी दुई टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुई टोलीबिच ११ पटक भेट भएको छ ।

यी भेटमा दक्षिण अमेरिकी देश अर्जेन्टिनाको हात माथि छ । अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले दुई खेल जितेको छ । तीन खेलमा बराबरी भएको छ ।

पछिल्लो ३२ वर्षमा दुई देशले मात्रै दुई पटक मात्रै मैत्रीपूर्ण खेल खेलेका छन् । सन् २००७ मा भएको खेलमा अर्जेन्टिना १–० तथा सन् २००९ मा भएको खेलमा पनि अर्जेन्टिना नै २–० ले विजयी भएको थियो ।

यो विश्वकपमा दुई पूर्व विजेताबिचको पहिलो भेट हो ।

फ्रान्स

फ्रान्सले विश्वकपमा दक्षिण अमेरिकी देशसँग भएका पछिल्ला ८ खेलमा हार बेहोरेको छैन । उसले दक्षिण अमेरिकी देशसँग पछिल्लो पटक हार बेहोरेको भनेको सन् १९७८ मा हो । त्यो बेला फ्रान्स अर्जेन्टिनासँग २–१ ले पराजित भएको थियो ।

यो खेल फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसको ८० औँ खेल हुनेछ फ्रान्सको प्रशिक्षकको रुपमा । उनी रेमोण्ड डोमेनेक भन्दा अघि जाँदै छन् ।

पेनाल्टी सुटआउटलाई हटाएर फ्रान्स विश्वकपको नकआउट चरणका पछिल्ला ११ खेलमा एक पटक मात्रै पराजित भएको छ । उसले ८ खेल जितेको छ भने दुई खेलमा बराबरी भएको छ । फ्रान्स सन् २०१४ को विश्वकपमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।

विश्वकपमा सन् १९८६ मा अन्तिम १६ को चरण सुरु भएयता फ्रान्सले हरेक पटक यो चरणसम्म पुगेको अवस्थामा पार गरेको छ । फ्रान्स सन् १९८६, १९९८, २००६ र २०१४ मा अन्तिम १६ भन्दा अघि गएको थियो ।

यो विश्वकपको समूह चरणका तीन खेलमा फ्रान्सले एक गोल मात्रै खाएको छ ।

अर्जेन्टिना

अर्जेन्टिना आफ्नो विश्वकपमा पछिल्ला १३ सहभागितामा १२ औँ पटक समूह चरणबाट अघि गएको छ । अर्जेन्टिनाले पछिल्लो पटक सन् २००२ मा मात्रै समूह चरण पार गर्न सकेको थिएन ।

विश्वकपको नकआउट चरणका पछिल्ला ४ खेलमा तीन गोल मात्रै हुन पाएका छन् । अर्जेन्टिनाले दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

पहिलो हाफमा आफूले लिग गरेका विश्वकपका पछिल्ला २७ खेलमा अर्जेन्टिना विजयी भएको छ । सन् १९३० मा अर्जेन्टिनाले सुरुमा अग्रता लिएर पनि उरुग्वेसँग ४–२ ले पराजित भएको थियो ।

विश्वकपमा अर्जेन्टिना धेरैपटक पेनाल्टी सुटआउटमा पुग्ने टिम हो । अर्जेन्टिनाले अहिलेसम्म पाँच पटक पेनाल्टी सुटआउटका आधारमा खेलको निर्णय गर्ने अवस्थामा पुगेको छ र चार पटक जितेको छ । चारपटक पेनाल्टी सुटआउट गरेको फ्रान्सले दुई पटक मात्रै जितेको छ ।

अर्जेन्टिना पछिल्ला पाँच विश्वकपमा चार पटक क्वाटरफाइनलमा पुगेको छ । गएको विश्वकपमा अर्जेन्टिनाले खेलेका चार नकआउट खेल मध्ये तीन खेल अतिरिक्त समयमा धकेलिएका थिए ।

फ्रान्सले सन् १९९८ तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व विजेता बन्नेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्