अनशन बस्न जुम्ला पुगे डा गोविन्द केसी, पक्राउ गरेर ल्याउले सरकारको तयारी



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको विरोधमा डा गोविन्द केसी १५औँ अनशन बस्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् ।

यसैबीच, जुम्लामा केही स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ ।

अनशन बस्न जुम्ला पुगेका डा गोविन्द केसीलकई पक्राउ गरेर ल्याउले तयारी सरकारका गरेको बुझीएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक सूचना टाँसी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०० मिटर वरपर कुनै पनि प्रकारको अनशन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न निषेधित क्षेत्र तोकेको हो ।

केसी आज (शनिबार)बाट अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् । उनको यो १५औँ अनशन हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...