जहाज आयो पाइलट छैन, राष्ट्रिय ध्वजावाहक एयरबस चलाउन विदेशी पाइलटको खोजी, पहिलो गन्तव्य दोहा



हाम्रो इकोनोमि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भित्राएको एयरबस (वाइडबडी) जहाज उडाउन पाइलट अभाव भएको छ । उक्त जहाजको पहिलो गन्तव्य कतारको दोहा हुने भएको छ । तर, पर्याप्त पाइलट नभएकाले विदेशबाट झिकाउने तयारी छ ।

आगामी साउन १६ गते अर्थात १ अगस्टमा जहाजले दोहाको उडान भर्ने नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए ।

नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकाले सुरुका केही महिना दोहा उडाउन लागिएको हो,’ उनले भने ।

नयाँ जहाजलाई नयाँ गन्तव्यमा केही महिना उडाउन नपाउने अन्तर्राष्ट्रिय प्रचलन छ । जापानले निगमको वाइडबडी जहाजलाई उडान अनुमति दिइसकेको छ ।

कंशाकारले अनलाइनखबरसँग भने, ‘जापानले त फ्लाइटको अनुमति दिइसक्यो । तर हामी सुरुमा त्यहाँ उडाउँदैनौं । हाम्रो पहिलो गन्तव्य दोहा हुन्छ ।

पाइलटको व्यवस्था भएन, विदेशबाट झिकाइँदै

नेपाल वायु सेवा निगमले किनको ए ३३० विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘अन्नपूर्ण’ नाम दिइएको सो विमानले ‘नाइन एन एएलवाई’ कलसाइन पाएको छ ।

यो जहाज उडाउने पाइलट र कोपाइलटको व्यवस्था नभइसकेकाले एक महिनाभन्दा बढी त्यत्तिकै थन्किने छ । एउटा वाइडबडी जहाज चलाउन ८ जना पाइलट र ८ जना कोपाइलट चाहिन्छ । वायु सेवा निगमले थप अर्को वाइडबडी जहाज पनि एक महिनाभित्रै नेपाल ल्याउने जनाएको छ । दुवै वाइडबडी जहाज चलाउन १६ जना पाइलट चाहिन्छ तर हाल चार जना पाइलटको मात्र टुंगो लागेको छ ।

पहिलो वाइडबडी जहाज अन्नपूर्णका लागि वरिष्ठ क्याप्टेन श्रवण रिजाल र एमएम डंगोलको मात्र टुंगो लागेको कंशाकारले जानकारी दिए । थप पाइलट भने विदेशबाट ल्याइने उनले बताए ।

‘विदेशबाट पाइलट ल्याउने अन्तर्राष्ट्रिय चलन छ । हामी पनि त्यही गर्छौं,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि चीनबाट किनिएका साना जहाज उडाउन पनि पाइलट अभाव भएको थियो । पाइलट नहुँदा ति जहाज लामो समय थन्किए ।

सरकारले चीनबाट ल्याएका एम–६० र चारवटा वाई–१२ जहाज ल्याएको थियो । ति जहाजका लागि चीनबाट ल्याइएका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडाउन अनुमति नदिएपछि समस्या भएको थियो ।

पूर्वक्याप्टेन वाईके भट्टराईका अनुसार जहाज खरिद गर्नुअघि नै पाइलट, कोपाइलट लगायतको विषयमा विचार पुर्‍याउनुपर्छ । तर नेपाल वायुसेवा निगमले त्यसतर्फ ध्यान नदिँदा लामो समयसम्म जहाज थन्काउनुपर्ने समस्या आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...