सुतिरहेका बेला बिहान ३ बजे हाइ भोल्टेज, करेन्ट लागेर दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

राप्तिसोनारी गाउँपालिका मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्तिसोनारी– ६,  मेहमानपुरका ४२ वर्षीय टिकाराम थारु र २४ वर्षीय सुरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुतिरहेका बेला बिहान करिब ३ बजे हाइ भोल्टेजका कारण करेन्ट लागी उनीहरूको मृत्यु भएको प्रहरी चौकी फत्तेपुर ‘ख’ का इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन केसीले जानकारी दिए।

घाइते ३५ वर्षीया कमला बुढाथोकी, ३५ वर्षीया तिला शाही र ३६ वर्षीय दिनेश बुढाथोकीको उपचार भेरी अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर केही घरमा क्षति पुगेको छ। केही पशु चाैपाया पनि मरेको स्थानीय बासिन्दाले बताएका छन्। भाैतिक क्षतिको विवरण अाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...