सुतिरहेका बेला बिहान ३ बजे हाइ भोल्टेज, करेन्ट लागेर दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

राप्तिसोनारी गाउँपालिका मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्तिसोनारी– ६,  मेहमानपुरका ४२ वर्षीय टिकाराम थारु र २४ वर्षीय सुरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुतिरहेका बेला बिहान करिब ३ बजे हाइ भोल्टेजका कारण करेन्ट लागी उनीहरूको मृत्यु भएको प्रहरी चौकी फत्तेपुर ‘ख’ का इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन केसीले जानकारी दिए।

घाइते ३५ वर्षीया कमला बुढाथोकी, ३५ वर्षीया तिला शाही र ३६ वर्षीय दिनेश बुढाथोकीको उपचार भेरी अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर केही घरमा क्षति पुगेको छ। केही पशु चाैपाया पनि मरेको स्थानीय बासिन्दाले बताएका छन्। भाैतिक क्षतिको विवरण अाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...