विश्वकपमा आजदेखि नकआउट चरणका खेल : कुन खेल कहाँ कति बेला ?



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । समूह चरणमा ३२ देशबिच भएका ४८ खेलबाट १६ टिम प्रि–क्वाटर फाइनलमा आएका छन् ।

शनिबारदेखिको खेलबाट विश्व विजेता बन्ने सम्भावित टिमको संख्या साँघुरिँदै जान्छ । शनिबार दुईवटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुने खेलमा फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल कजान एरिनामा हुनेछ । फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

यस्तै शनिबार हुने दोस्रो खेलमा पोर्चुगल र उरुग्वेबिच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सोचीमा हुनेछ ।

उरुग्वे समूह ए को विजेता तथा पोर्चुगल समूह बी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । शनिबारका दुई खेलका विजेताले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...