विश्वकपमा आजदेखि नकआउट चरणका खेल : कुन खेल कहाँ कति बेला ?



रुसमा जारी विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । समूह चरणमा ३२ देशबिच भएका ४८ खेलबाट १६ टिम प्रि–क्वाटर फाइनलमा आएका छन् ।

शनिबारदेखिको खेलबाट विश्व विजेता बन्ने सम्भावित टिमको संख्या साँघुरिँदै जान्छ । शनिबार दुईवटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुने खेलमा फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल कजान एरिनामा हुनेछ । फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

यस्तै शनिबार हुने दोस्रो खेलमा पोर्चुगल र उरुग्वेबिच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सोचीमा हुनेछ ।

उरुग्वे समूह ए को विजेता तथा पोर्चुगल समूह बी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । शनिबारका दुई खेलका विजेताले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार  ०८ : ०३  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या