बिप्लबे समुहले दल्यो सरकारी अधिकृतलाई कालोमोसो, भयो यस्तो लफडा



हाम्रो इकोनोमि

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बझाङमा एक सरकारी अधिकृतलाई दुर्व्यवहार गरेको छ । बझाङको साइपाल गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत  राधाकृष्ण जोशी  सदरमुकाम चैनपुरबाट साईपाल गाँउपालिकामा गई रहेको अबस्थामा तल्कोट गाँउपालिक ४ पनाल्त भन्ने ठाँउमा उनलाई  दुर्व्यवहार गरेको हो  ।

साईपाल गाँउपालिकाका जनप्रतिनिधी सहितको १० जनाको टोली हिडीरहेको बेला बिप्लप समुहको एक टोलीले जोशीलाई हुल बाधेर एकास्सी हातपात  सहित कालोमोसो दलेर उनिहरु भागेका छन् ।

जोशीले  गाँउपालिकामा भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सागुम्बा टिप्नेलाई बेचेको बिप्लब समुहको आरोप छ ।  जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामल मध्ये १५ सय  कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको उनिहरुको आरोप थियो  ।

बझाङ जिल्लामा बिप्लव समुहले यस अगाडी साईपाल गाँउपालिकाको कार्यालय र कर्मचारी माथी जतिखेर पनि कारबाही हुन सक्ने सुचना दिए पनि प्रहरी प्रसासनले निगरानी गरेको थिएन ।

बिप्लब समुहले झण्डै दुई तिन महिना देखि जनप्रतिनिधीहरु लाई राजिनामा दिनु पर्ने पत्रचार गरि आफ्नो संगठन लाई मजबुद बनाउदै आएको छन् । पछिल्लो समयमा बिभिन्न ठाँउहरुमा संगठन बनाएका उनिहरुले भष्टचारी लाई कारबाही गर्ने भन्दै अभियान समेत सन्चालन गरि रहेका छन् ।

बिप्लब समुहले  झण्डै दुई महिना अगाडी तत्कालिन जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिंह लाई वहाँ कै कार्यकक्षमा दुर्व्यवहार गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रेम सिहं कुबरले बिप्लब समुहले कालोमोसो दलेको खबर पाएका छौ त्यस स्थानमा प्रहरी परिचालन गरि उनिहरुको खोजीकार्य भई रहेको बताए । प्रजिअ कुबर भने यस अगाडी पनि मष्टा गाँउपालिको साईनबोर्ड फालेको , र साईपाल गाँउपालिकामा पनि निजी बोडिङ र कार्यालयका साईनबोर्ड फालेको भन्ने खबर पाएका छौ , उनिहरुको खोजी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...