बिप्लबे समुहले दल्यो सरकारी अधिकृतलाई कालोमोसो, भयो यस्तो लफडा
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बझाङमा एक सरकारी अधिकृतलाई दुर्व्यवहार गरेको छ । बझाङको साइपाल गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत राधाकृष्ण जोशी सदरमुकाम चैनपुरबाट साईपाल गाँउपालिकामा गई रहेको अबस्थामा तल्कोट गाँउपालिक ४ पनाल्त भन्ने ठाँउमा उनलाई दुर्व्यवहार गरेको हो ।
साईपाल गाँउपालिकाका जनप्रतिनिधी सहितको १० जनाको टोली हिडीरहेको बेला बिप्लप समुहको एक टोलीले जोशीलाई हुल बाधेर एकास्सी हातपात सहित कालोमोसो दलेर उनिहरु भागेका छन् ।
जोशीले गाँउपालिकामा भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सागुम्बा टिप्नेलाई बेचेको बिप्लब समुहको आरोप छ । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामल मध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको उनिहरुको आरोप थियो ।
बझाङ जिल्लामा बिप्लव समुहले यस अगाडी साईपाल गाँउपालिकाको कार्यालय र कर्मचारी माथी जतिखेर पनि कारबाही हुन सक्ने सुचना दिए पनि प्रहरी प्रसासनले निगरानी गरेको थिएन ।
बिप्लब समुहले झण्डै दुई तिन महिना देखि जनप्रतिनिधीहरु लाई राजिनामा दिनु पर्ने पत्रचार गरि आफ्नो संगठन लाई मजबुद बनाउदै आएको छन् । पछिल्लो समयमा बिभिन्न ठाँउहरुमा संगठन बनाएका उनिहरुले भष्टचारी लाई कारबाही गर्ने भन्दै अभियान समेत सन्चालन गरि रहेका छन् ।
बिप्लब समुहले झण्डै दुई महिना अगाडी तत्कालिन जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिंह लाई वहाँ कै कार्यकक्षमा दुर्व्यवहार गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रेम सिहं कुबरले बिप्लब समुहले कालोमोसो दलेको खबर पाएका छौ त्यस स्थानमा प्रहरी परिचालन गरि उनिहरुको खोजीकार्य भई रहेको बताए । प्रजिअ कुबर भने यस अगाडी पनि मष्टा गाँउपालिको साईनबोर्ड फालेको , र साईपाल गाँउपालिकामा पनि निजी बोडिङ र कार्यालयका साईनबोर्ड फालेको भन्ने खबर पाएका छौ , उनिहरुको खोजी गरिने बताए ।