गृहमन्त्री बादलको किसान रुप, जब कोदाली लिएर आफै खेतमा निस्के



हाम्रो इकोनोमि

शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ ।

धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए ।

‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं कार्यक्रममा गृहमन्त्री बादल फरुवा (चाँदे) बोकेर खेतमा पुगेका थिए ।

वाइसीएल र युवा संघ नेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे र रोपारको कामसमेत गरेका थिए ।

कार्यक्रममा वाइसीएल अध्यक्ष दीपशीखा र युवा संघ नेपालका उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...