गृहमन्त्री बादलको किसान रुप, जब कोदाली लिएर आफै खेतमा निस्के



हाम्रो इकोनोमि

शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ ।

धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए ।

‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं कार्यक्रममा गृहमन्त्री बादल फरुवा (चाँदे) बोकेर खेतमा पुगेका थिए ।

वाइसीएल र युवा संघ नेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे र रोपारको कामसमेत गरेका थिए ।

कार्यक्रममा वाइसीएल अध्यक्ष दीपशीखा र युवा संघ नेपालका उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...