गुप्तचर प्रमुखले नै गरे यस्तो काम, १२८ जनाको गोप्य लिस्ट लुकाएर पारे पैसा झ्वाम, राष्ट्रपतिमाथि अश्लील गाली गर्ने बढुवाको पहिलो नम्बरमा



राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीको मनपरीतन्त्रले सीमा नाघेको खबर छ । मुलुकमा राजतन्त्र ढलेर गणतन्त्र आए पनि रेग्मीले विभागमा भने अझै पनि राणा शासनको झल्को आउने गतिविधि सञ्चालन गरेका छन् ।

रेग्मीले कार्यरत सुराकी, ‘कभर’का कर्मचारीहरूको विवरण नबुझाएर अपारदर्शीताको कीर्तिमान मात्रै खडा गरेका छैनन्, आफ्नो स्वार्थको दास हुन नचाहने अधिकारीलाई धम्क्याउनेदेखि दपेट्नेसम्मका हर्कत अघि बढाएको गुनासो प्रँप्त भएको छ ।

१२८ जनाको गोप्य लिस्ट लुकाएर झ्वाम 
१५ जनाले सेल चलाउँदै आएकामा रेग्मीले  ५२ जनाको नाममा पैसा झिक्दै आएको आरोप छ । गुप्तचर स्रोतका अनुसार, १२८ जनाको गोप्य लिस्ट प्रमुख रेग्मीले आफ्नो स्वार्थका लागि लुकाएर राखेका छन् ।

त्यसमा नेताका पिएदेखि विभागका अधिकृतका श्रीमतीसम्मको नाम रहेका छन् । अस्ट्रेलियामा महिनौंअघि भासिएकाहरूको नाममा समेत रकम निकासा भइरहेको स्रोतको दावी छ ।

हेमन्त बिस्ट कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूका पीए हुन्, तर उनको नाममा अझै पनि रकम निकासा भइरहेको विभाग स्रोत बताउँछ ।

२ वर्षदेखि अस्ट्रेलियामा रहेका गोविन्द खनालको नाममा पनि उसैगरी रकम बुझेको पाइएको छ ।  प्रहरी अधिकृतहरू विकाश पाण्डे र टेकराज तिमिल्सेनाले त श्रीमतीकै नाममा रकम लिइरहेको आरोप लागेको छ ।

कसैलाई काखा, कसैलाई पाखा
नेपालको गुप्तचर(राष्ट्रिय अनुसन्धान) विभागमा २२७१ जना स्थायी जनशक्ति छन् । ४० प्रतिशत जिल्लामा, २० प्रतिशत काठमाडौंम सेक्टरमा छन् जुन प्रमुख मातहत छन् । जसमा उनले आफू नजिकका अधिकृतलाई ह्याण्डल गर्न भनी राखेको एक अधिकृतले बताए ।

विभागको नेतृत्वमा रहेका रेग्मी सबैबीच सन्तुलित, पारदर्शी, समान ढंगले प्रस्तुत हुनुपर्ने हो । तर उनले आफूनजिकका केही अधिकारीहरूलाई मात्रै विश्वास गर्ने गरेको आरोप छ । एकजना गुप्तचर अधिकारीले, आईजी रेग्मी १५ जनाको घेरामा रहेको र उनीहरूकै सुझाव अनुसार चल्ने गरेको गुनासो गरे ।

आइजी रेग्मीको कार्यशैलीकै कारण विभागमा चरम गुटबन्दीको रेखा देखिन थालेको छ । कतिसम्म भने प्रमुख रेग्मीले कत्ति पनि अप्ठ्यारो नमानी आफूपछिको प्रमुख बनाउने भन्दै तेरो प्रमुखको बाटो म खुलाएर जान्छु भनेर केशव न्यौपानेलाई आश्वासन दिएको चर्चा विभागतिर चर्कोरुपमा चलेको छ ।

यति मात्रै होइन हुतराज थापा, ओम जोशी, भूमि पाठक, पप्पु शर्मा र विवादास्पद डीएसपी टेकराज तिमिल्सिनासम्मलाई उनले अहिले नै प्रमुख बनाउने बचनबद्धता दिएको चर्चा विभागमा हुने गरेको छ । यसरी प्रमुख रेग्मीले आफ्नो घेरावरिपरिकालाई काखा र बाँकीलाई पाखा गरेपछि कर्मचारीहरूको मनोबल गिर्दै गएको गुनासो छ ।

 

आफ्नो मर्यादा र भूमिकाको लक्ष्मण रेखा पार गर्दै विभागमा मनपरी शासन गर्दै आएका उनले वामदेव र विमलेन्द्र निधिले त केही गर्न सकेनन्, रामबहादुर थापा बादलले के गर्न सक्छन् र भन्दै गृहमन्त्रीलाई नै ठाडो चुनौती दिँदै हिंडेको चर्चाले केही प्रहरी अधिकारीहरू नै रोमाञ्चित हुने गरेका छन् ।

लामोसमयसम्म लेखा चलाएका प्रमुख रेग्मीले आर्थिक संकलनलाई पनि व्यापकता दिएको बताइन्छ । स्रोतका अनुसार, रेग्मीले विभिन्न स्थानमा बनेका भवनहरूको शिलान्यास गर्दै आफ्नो भाग माग्ने गरेको आरोप पनि छ । बैतडीका डीएसपी रमेश सिंह डागाले रेग्मीलाई किस्ता बुझाएको भन्दै यसको खुलासा केही दिनअघि गरिदिएका थिए ।

राष्ट्रपतिमाथि अश्लील गाली गर्ने
बढुवाको पहिलो नम्बरमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दोषी ठहर भएका तथा राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीविरुद्ध सार्वजनिकरुपमा गालीगलौज गर्ने  राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक डीएसपी एसपी बढुवाको पहिलो नम्बरमा सिफारिस भएको खबर छ ।

कुनै समय सुशील कोइरालाको सुरक्षामा खटिएका विवादास्पद डीएसपी टेकराज तिमिल्सेना उनै रेग्मीको निगाहमा बढुवाको पहिलो नम्बरमा सिफारिस भएका हुन् ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनले राष्ट्रपतितर्फ इंगित गर्दै उमेरमा प्रधानमन्त्रीको तल हुने, आज पदमा माथि भएकी भन्दै पदीय मर्यादाका हिसाबले लेख्नै नमिल्ने स्ट्याटस लेखेका थिए ।

पटक–पटक अख्तियार, गृहमन्त्रालयबाट कारबाहीको लागि पत्र पठाउँदा पनि जोगिएका तिमिल्सेना दण्डको साटो पुरस्कृत भएपछि धेरै प्रहरी अधिकारीहरूले ‘ज–जसको सरकार आए पनि गणेश प्रवृत्ति नहट्ने भो’ भन्दै निराशा व्यक्त गर्न थालेका छन् । केही समयअघिसम्म कांग्रेसको अन्धभक्त रहेका उनी सरकार परिवर्तनको मौसम परिवर्तनसँगै परिवर्तन भएको चर्चा उनकै समकक्षीहरूले गर्दैछन् ।

 

त्यसको दरिलो प्रमाणकारुपमा गृहमन्त्री रामबहादुर थापा र सभामुख कृष्णबहादुर महरा पुत्रसँगको उनलाई जोडेर हेर्ने गरिएको छ । कुनै बेला कांग्रेस बनेर एमाले–माओवादीप्रति विषवमन गर्ने तिमिल्सेना हिजोआज नेकपाको असली कार्यकर्ताजस्तो गरी प्रस्तुत हुने गरेको दृश्यले आफू अ्वाक भएको एकजना गुप्तचर अधिकारीले बताए ।

को हुन् तिमिल्सेना ?
यी तिमिल्सेना बर्दियाका हुन् । सरकारसँग तलब लिए पनि उनले काम भने कांग्रेसको मात्रै गर्ने गरेको आरोप छ । वामदेव गौतमलाई हराएर चर्चामा आएका कांग्रेस नेता सञ्जय गौतमकै कारण उनले फाइदा लुट्दै आइरहेको चर्चा स्वयं कांग्रेसीहरूबीचमा चल्ने गरेको छ ।

स्रोतका अनुसार, कांग्रेस नेता रामचन्द्र पौडेललाई अघिल्लो महाधिवेशनमा जिताउन उनी ३ महिना बर्दियामा काज खटिएका थिए । त्यसरी रामचन्द्रको पक्षमा फिल्डमा जाने मौका भने राष्ट्रिय अनुसन्धान परिषद्का प्रमुख दिलीपराज रेग्मीले मिलाइदिएका थिए । तिनै रेग्मीले अहिले तिमिल्सेनालाई बोकेर संगठनलाई दूषित पारेको आरोप इमान्दार अधिकृतहरूले लगाएका छन् ।

काण्डै काण्ड 
डीएसपीबाट एसपी बढुवाको सिफारिसमा परेका तिमिल्सेनाले पेसागत मर्यादा भुल्दै पार्टी कार्यकर्ताको जस्तो रवैया देखाउने गरेका छन् । उनी कहिले सामाजिक सञ्जालमा राष्ट्रप्रमुख माथि विषवमन गरिरहेका भेटिन्छन् भने कहिले टीभीमा अन्तर्वार्ता दिएर कांग्रेसको होनाहार कार्यकर्ताकारुपमा पेश हुन्छन् ।

निर्वाचनका बेला उनले केही स्थानीय रेडियो तथा नेपाल वान टेलिभिजनमा कांग्रेसको गुणगान गाउँदै प्रहरी अनुशासन नाघेर अन्तर्वार्ता दिएको घटनाको निकै आलोचना भएको थियो ।

केपी ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला राष्ट्रपतिविरुद्ध अपमानजनक स्ट्याटस लेखेका तिमिल्सेनाले राष्ट्रपति भण्डारी  आमा भेट्न वृद्धाश्रम पुग्दा समेत संगठन र पदीय जिम्मेवारी भुलेर प्रस्तुत भएका थिए ।

 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रेडियो तथा टेलिभिजनमा कांग्रेस कार्यकर्ता भएर अन्तर्वार्ता दिएका उनले तास खेल्न सिफारिस गर्दै म्यारिज खेलको नियमावली नै फेसबुकमा पोस्ट गरेका थिए ।

केहीले उनको यस्तो फेसबुकबाट कटाक्ष गरेका थिए ।  उदेकलाग्दो कुरा के छ भने अराजक  तिमिल्सेनालाई दिलीपराज रेग्मीले भने छाँद हालेर बचाउ गर्दै आएका छन् ।

नियोजित केटी काण्डले बराल तनावमा 
विवादित तिमिल्सेना एसपी बढुवाको सिफारिसमा परेका बेला अनुसन्धान विभागमा अर्को काण्ड पनि चर्चामा छ । पाल्पाका डीएसपी सुशान्त बरालमाथि लागेको आरोपको प्रसंग हो, यो ।

उनीमाथि महिलामाथि यौन शोषण गरेको आरोप लागे पनि दिलीपराज रेग्मीकै निर्देशनमा नक्कली काण्ड बनाएर फसाइएको गुनासो उनले आफूनिकटकासँग गरेका छन् ।

स्रोतका अनुसार, नक्कली काण्ड रचेर प्रमुख दिलीपले डीएसपी बराललाई हायल कायल पारेपछि उनी सम्भावित कारबाहीबाट जोगिन रुँदै काठमाडौंमा नेताहरूको घरदैलो चहारिरहेका छन् । बरालले दैलो चहारे पनि उनले न्याय पाउने सम्भावना भने कमै रहेको उनी निकटहरू बताउँछन् ।साँघु साप्ताहिक

 

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु