यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु



हाम्रो इकोनोमि

 

रुस विश्वकप फुटबलमा समूह चरणको खेलहरु सकिएका छन् । इतिहासमै रुस विश्वकपमा समूह चरणका खेलहरु निकै नाटकीय बन्न पुगे । समूह चरणबाट जर्मनी बाहिरिनु, केही उत्कृष्ट पेनाल्टिहरु बचाउ हुनु, भीएआर प्रणालीको विषयमा विवाद देखिनु यसपटकको विश्वकपको समूह चरणका विशेषता रहन पुगे ।

यसपटकको विश्वकपमा केही नाम नसुनिएका खेलाडीहरुले राम्रो प्रदर्शन गरे भने आशा गरिएका खेलाडीहको प्रदर्शन कमजोर रहन पुग्यो ।

समूह चरणका उत्कृष्ट खेलाडीहरुमा दुई कोरियनहरु पर्छन् भन्ने अपेक्षा सायदै कसैले गरेका थिए होला । दक्षिण कोरियाका को यो–हान र युन योङ–सुन सबैभन्दा अगाडि रहेका छन् । उनीहरुको औसत विश्वकपमा ८ अंकभन्दा बढी रहेको छ । यो कुनै पनि खेलाडीको तुलनामा बढी हो ।

तेस्रो स्थानमा इंगल्याण्डका कप्तान ह्यारी केन रहेका छन् । उनको औसत ७ दशमलव ८६ अंक रहेको छ । उनी एकभन्दा बढी खेल खेलेर सबैभन्दा धैरै अंक पाउने खेलाडी हुन् ।

इजिप्टका ४५ वर्षीय गोलरक्षक एसाम एल ह्याडी चौथो स्थानमा छन्  भने क्रोएसियाका मिडफिल्डर लुका मोड्रिक पाँचौं स्थानमा छन् ।
एउटा खेलको मात्र कुरा गर्दा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमा दक्षिण कोरियाका गोलरक्षक चो ह्युन वो रहेका छन् । उनले जर्मनीविरुद्धको खेलमा ८ दशलमव ८५ अंक हासिल गरेका थिए ।

समूह चरणको ११ खेलाडीहरुको सूचीमा इंगल्याण्डका ह्यारी केन र केएरन ट्रिपियर परेका छन् । दक्षिण कोरियाका उक्त दुई खेलाडीहरु चो र सोन पनि यो टोलीमा अटाएका छन् । उनीहरुको जर्मनीको खेलको प्रदर्शनको कारण उनीहरु यो सूचीमा अटाएका हुन् ।

चार गोल गरेका बेल्जियमका रोमेलु लुकालु यो सूचीमा अटाउँदा पेरुका अन्ड्रे कार्रिलो र जापानका केइसुके होण्डा पनि यो सूचीमा अटाएका छन् । साथै भिक्टर लिन्डोफ र आन्द्रियास ग्रान्कभिक्सजस्ता खेलाडीहरु पनि यो सूचीमा अटाएका छन् ।

यसपटकको विश्वकपमा जर्मनीका खेलाडीहरुको प्रदर्शन भने निकै निराशाजनक रहेको थियो । जर्मनीका मिडफिल्डर सामी खेडिराले केवल २ दशमलव २५ अंक पाएका छन् ।

यो विश्वकपको सबैभन्दा कमजोर अंक हो । पेरुका रक्षापंक्तिका खेलाडी रोमन टोरेसले पनि यति नै अंक हासिल गरेका छन् । त्यसपछि जर्मनीका थोमस मुलरले २ दशमलव २७ अंक पाएका छन् । उनकै टोलीका टिमो वेर्नरको पनि समान अंक छ ।

पानामाका रक्षापंक्तिका खेलाडी फिडेल इस्कोबारले पनि समान अंक रहेको छ । यसपटकको विश्वकपमा अन्य कमजोर प्रदर्शन गर्ने खेलाडीहरुमा जर्मनीका खेलाडीहरु बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...