नेपाल सरकारलाई यसरी झुलायो चीनले, कुलमानदेखि वर्षमानसम्मले सकेनन्



हाम्रो इकोनोमि

 

नेपालको असल छिमेकी मानिएको चीनले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई असहयोग गरेको खुलासा भएको छ। ओलीलाई चीन निकट भनिएपछि उनको क्याविनेटका मन्त्रीलाई चीनले बाल नदिएको हो।

चीन सरकारको सहयोग त धेरै परको कुरा हो, वाम सरकारलाई चिनियाँ ठेकेदार कम्पनी चे जियाङले नै झुलाएर राखेको छ। १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गरिदिन भन्दै धेरै मन्त्री र सरकारी अधिकारीहरुले पटक–पटक नेपालका लागि चिनियाँ राजदूत यु होङसँग भेटघाट गरिसकेका छन् ।

चीन भ्रमण गर्नुअघि ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले पनि चिनियाँ राजदूत होङसँग भेटवार्ता गरे । जसमा उनले कुलेखानी तेस्रोको निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै काम सक्न दबाव दिन आग्रह गरे । होङले पनि यसमा पूर्ण रुपमा सघाउने बाचा गरिन् ।

तर, अहिलेसम्म चिनियाँ कम्पनीले काममा कुनै सुधार गरेको छैन । बरु १५ दिनयता कुलेखानी तेस्रो आयोजनामा एउटा पनि चिनियाँ कामदार नहुँदा काम ठप्प छ ।

कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवास मिश्रका अनुसार यो आयोजना अप्रिल २००८ देखि सुरु भएको थियो । र, यो आयोजना २०११ को डिसेम्बरमा सक्ने लक्ष्य राखिएको थियो । तर, ठेक्का पाएको कम्पनीले काम राम्रोसँग नगरेका कारण ७ पटकसम्म थपिएको म्याद गुज्रिसक्यो ।

सुरुको लागत साढे २ अर्ब अनुमान गरिएको यस आयोजनाको लागत बढेर ४ अर्ब पुगिसकेको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशक बनेपछि कुलमान घिसिङले लोडसेडिङसँगै यसको निर्माण सम्पन्नलाई पनि उच्च प्राथमिकतामा राखे । तर, जति प्रयास गर्दा पनि चिनियाँ ठेकेदारले काम गर्ने शैलीमा परिवर्तन नल्याएपछि अब यो आयोजना कसरी सम्पन्न गर्ने भन्नेमा उनी पनि अलमलमा परेका छन् ।

१४ मेगावाटको आयोजना निर्माण गर्नलाई १० वर्षभन्दा बढी लाग्ने देखिएको छ । यता सरकारले १० वर्षमा १५ हजार मेगावाटको आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माणको वर्तमान शैली हेर्ने हो भने १४ मेगावाटको आयोजना बनाउन नै दश वर्ष लागेको देखिन्छ ।

यसअघि भारतीय कम्पनीले निर्माणको ठेक्का लिएर काम नगर्दा खारेज गरिएपनि चिनियाँ कम्पनीको सम्झौता खारेज गर्न भने ओली सरकारले हिम्मत गर्न सकेको छैन्। यो आयोजना पनि धकेल्दै धकेल्दै सोही कम्पनीबाट सम्पन्न गराउने सरकारको नीति छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...