सडकको दूरावस्था – बौद्ध लगायतका क्षेत्रमा सडकमै रोपाइँ



हाम्रो इकोनोमि

 

 

सरकारको दूरावस्था हुँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ठोस कदम चाल्न सकेको छैन । सरकारले रेल र पानीजहाजको सपना देखाउँदा सडक मर्मत गर्न नै बिर्सेको हो ।

सडक नै रोपाइँ गर्न लायक भएपछि काठमाडौंका जनताले बौद्ध लगायतका क्षेत्रमा सडकमै रोपाइँ गरेर आषाढ १५ मनाएका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न सडकमा गाडी गुड्न सक्ने अवस्था छैन । वर्षाले गर्दा गाडी नै डुब्ने अवस्था छ । तर सरकार भने फेरि पनि पानीजहाजको सपना देखाउनमा खप्पिस छ ।

जनताले हिंड्न समेत नमिल्ने सडकमा सरकारलाई झक्झक्याउन सडकमै रोपाइँ गर्नुपरेको स्थानीयले बताएका छन् । उनीहरुले बर्षादको समयमा मात्र सडक खन्ने र हिलाम्य बनाइ जनतालार्इ रुवाउने सडक विभाग, मन्त्रालय र सम्बन्धित कर्मचारीलार्इ खोइ कार्वाही गरेको भनेर प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...