रौतहटमा प्रहरी र भारतीय अपराधीबीच गोली हानाहान, एकको मृत्यु



हाम्रो इकोनोमि

 

रौतहट –रौतहटको दक्षिणी सिमावर्ती क्षेत्र राजदेवी नगरपालिका –४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा बिहिवार राती ११ बजे प्रहरी टोली र भारतीय समुहबीच दोहरो गोली हानाहान हुुँदा एकजना अपराधीको मृत्युु भएको छ ।

भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका २५ बर्षीय अपराधीको मृत्युु भएको हो ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजादा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख डीएसपी रामकुुमार दानीले बताए ।

घटनास्थलबाट प्रहरीले एकथान अटोमेटिक हतियार एसएमजी,४ थान गोली, म्यागजिन १ थान र पडकेको खोकासमेत बरामद गरेको जनाएको छ ।
भारतीय अपराधीको गतिविधि बढेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार तीनजना अपराधीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बसेकाले अचानक एसएमजीबाट फायर खोलेको प्रहरीको भनाई छ ।

दुई जना अपराधी भने भाग्न सफल भएका छन् ।

हालसम्म मृतकको सनाखत भएको छैन् । शब अस्पतालमै राखिएको छ ।

घटनास्थल जिल्ला सदरमुकामबाट करीव ७–८ किलोमिटर पूर्व भारतीय सीमाक्षेत्रसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...