रौतहटमा प्रहरी र भारतीय अपराधीबीच गोली हानाहान, एकको मृत्यु



हाम्रो इकोनोमि

 

रौतहट –रौतहटको दक्षिणी सिमावर्ती क्षेत्र राजदेवी नगरपालिका –४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा बिहिवार राती ११ बजे प्रहरी टोली र भारतीय समुहबीच दोहरो गोली हानाहान हुुँदा एकजना अपराधीको मृत्युु भएको छ ।

भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका २५ बर्षीय अपराधीको मृत्युु भएको हो ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजादा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख डीएसपी रामकुुमार दानीले बताए ।

घटनास्थलबाट प्रहरीले एकथान अटोमेटिक हतियार एसएमजी,४ थान गोली, म्यागजिन १ थान र पडकेको खोकासमेत बरामद गरेको जनाएको छ ।
भारतीय अपराधीको गतिविधि बढेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार तीनजना अपराधीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बसेकाले अचानक एसएमजीबाट फायर खोलेको प्रहरीको भनाई छ ।

दुई जना अपराधी भने भाग्न सफल भएका छन् ।

हालसम्म मृतकको सनाखत भएको छैन् । शब अस्पतालमै राखिएको छ ।

घटनास्थल जिल्ला सदरमुकामबाट करीव ७–८ किलोमिटर पूर्व भारतीय सीमाक्षेत्रसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...