सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु



हाम्रो इकोनोमि

फाइल तस्विर

 

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...