चीन सरकारलाई दुई जोडी गैँडा उपहार, असार २८ गते एक जोडी गैँडा चीन पठाइने



हाम्रो इकोनोमि

नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।

राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ । गैँडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ ।

चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैँडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब नौ मिटर उचाइ र एक दशमलब ४५ मिटर चौडाइका चारवटा खोर बनाइएका छन् । नट कसिएको हुँदा खोर भत्काएर काठलाई सिजनिङ गर्न सकिनेछ ।

चीनको साइटिस म्यानेजमेन्ट अथोरेटीका सहायक निर्देशक लिउ टिवाङ्को नेतृत्वको टोली यहाँ आइपुगेको हो । टोलीले सौराहामा पिट बुमामा राखिएको गैँडाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार टोलीले लैजाने तयारीमा राखिएको गैँडाको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिए सँगै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन लैजान बुमामा राखिएका गैँडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल गरिँदैछ ।

ती गैँडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते भएको चीन भ्रमणको बेला पठाउने तयारी गरिएको भए पनि चिनियाँ टोलीको तयारीको अभावमा पठाउन सकिएको थिएन ।

अर्काे एक जोडीको नामाकरण गरिएको छैन । नामाकरण गरिएका गैँडालाई असार २८ गते र अर्काे एक जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको हो ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनुभएको थियो । सोही अनुरुप अहिले गैँडा पठाउन लागिएको हो ।
–––

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...