१८ विजनेस कलास, २ सय ५६ साधारण गरी जम्मा २७४ सिट क्षमताको आइपुग्यो नेपाल वायुसेवाको अन्नपूर्ण



हाम्रो इकोनोमि

नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ ।

एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल आइपुगेको हो ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।

१८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् ।

विमानले व्यवसायीक उडान आगामी अगस्त एकदेखि गर्ने बताइएको छ । विमान केही समय हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने र पछि साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ ।

निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारी गरिरहेको छ ।

दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौँमा अवतरण गरेको डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...