वीरगन्जका राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा, काठमाण्डौको होटेल अन्नपूर्णबाट पक्राउ



हाम्रो इकोनोमि

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् । नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ ।

समितिले उनलाई मंगलबार दरबारमार्गस्थित होटेल अन्नपूर्णबाट पक्राउ गरेको थियो । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले तस्करी गरेको सुनको यो परिमाण १०–१२ वर्षदेखिको हो ।

एसएसपी लामाले भने, ‘उनको बयान लिने क्रम सुरु भएको छ । बयानकै क्रममा उनले पटकपटक गरी अहिलेसम्म ६ क्विन्टल सुन तस्कर गरेको स्विकार गरेका छन् । विगत १०–१२ वर्षदेखि उनी सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...