ट्यांकर र मोटरसाइकल ठोक्किँदा पोखरामा २ जनाको मृत्यु



हाम्रो इकोनोमि

पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।

ग.१ ख. २८९६ नम्बरको ट्यांकरसँग ध.१ ख.५०२१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा म्याग्दी घर भएका मोटरसाइकल चालक २४ वर्षीय धनबहादुर छन्त्याल र सोही मोटरसाइकलको पछाडि सवार म्याग्दी दानाकी २५ वर्षीया बृन्दा थापाको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बुधबार साँझ मृत्यु भएको हो भने मोटरसाइकल चालक छन्त्यालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहीबार बिहान मृत्यू भएको हो ।

उनीहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...