ट्यांकर र मोटरसाइकल ठोक्किँदा पोखरामा २ जनाको मृत्यु



हाम्रो इकोनोमि

पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।

ग.१ ख. २८९६ नम्बरको ट्यांकरसँग ध.१ ख.५०२१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा म्याग्दी घर भएका मोटरसाइकल चालक २४ वर्षीय धनबहादुर छन्त्याल र सोही मोटरसाइकलको पछाडि सवार म्याग्दी दानाकी २५ वर्षीया बृन्दा थापाको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बुधबार साँझ मृत्यु भएको हो भने मोटरसाइकल चालक छन्त्यालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहीबार बिहान मृत्यू भएको हो ।

उनीहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
अमित लामाको ड्रिम प्रोजेक्ट : एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...

जसपा नेपालका उम्मेदवार नै एमालेमा प्रवेश

    प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी...

९३ वर्षीय जगतमान श्रेष्ठको आशिर्वाद लिएर एमाले उम्मेदवार प्रकाश श्रेष्ठको घरदैलो अभियान सुरु

    नेकपा एमालेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा उम्मेदवार प्रकाश श्रेष्ठले...

नेकपा केन्द्रीय सदस्यसहितका नेता-कार्यकर्ता एमालेमा फर्किए

    फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा अछाम क्षेत्र नम्बर १...