ट्यांकर र मोटरसाइकल ठोक्किँदा पोखरामा २ जनाको मृत्यु



हाम्रो इकोनोमि

पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।

ग.१ ख. २८९६ नम्बरको ट्यांकरसँग ध.१ ख.५०२१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा म्याग्दी घर भएका मोटरसाइकल चालक २४ वर्षीय धनबहादुर छन्त्याल र सोही मोटरसाइकलको पछाडि सवार म्याग्दी दानाकी २५ वर्षीया बृन्दा थापाको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बुधबार साँझ मृत्यु भएको हो भने मोटरसाइकल चालक छन्त्यालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहीबार बिहान मृत्यू भएको हो ।

उनीहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...