घर फर्केने क्रममा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे चक्का जाम



हाम्रो इकोनोमि

पाल्पामा जीपको ठक्रबाट एक  विद्यार्थीको मृत्यु भएको छ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलवासकी १४ वर्षीय विपिना बगालेको बाटो क्रस गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

रैनादेवी छहराबाट तानसेनतर्फ आउँर्दै गरेको लु १ च ७७६२ नम्वरको बलेरो जीपले भैरव नवोदिप मावि छहरा कक्षा सातमा अध्यनरत बगालेलाई ठक्कर दिएको थियो ।

विद्यालयबाट घर फर्केने क्रममा उनलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । बालिकाको उपचारको क्रममा जिल्ला अस्पताल पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको सुचना अधिकारी घिमिरेले बताए । बालिकाको मृत्यु पछि अमलावासका स्थानीयहरु आक्रोशित हुदै दोषीलाई कार्वहीको माग गरेका छन् । यतिखेर छहराको अमलावास तनाव ग्रस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...