घर फर्केने क्रममा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे चक्का जाम



हाम्रो इकोनोमि

पाल्पामा जीपको ठक्रबाट एक  विद्यार्थीको मृत्यु भएको छ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलवासकी १४ वर्षीय विपिना बगालेको बाटो क्रस गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

रैनादेवी छहराबाट तानसेनतर्फ आउँर्दै गरेको लु १ च ७७६२ नम्वरको बलेरो जीपले भैरव नवोदिप मावि छहरा कक्षा सातमा अध्यनरत बगालेलाई ठक्कर दिएको थियो ।

विद्यालयबाट घर फर्केने क्रममा उनलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । बालिकाको उपचारको क्रममा जिल्ला अस्पताल पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको सुचना अधिकारी घिमिरेले बताए । बालिकाको मृत्यु पछि अमलावासका स्थानीयहरु आक्रोशित हुदै दोषीलाई कार्वहीको माग गरेका छन् । यतिखेर छहराको अमलावास तनाव ग्रस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...